२ जेष्ठ २०८२, शुक्रबार

 

अन्तराष्ट्रिय साहित्य समाज बेल्जियमको अधिवेशनमा गरियो महाकवि देवकोटाको सम्झना

अन्तराष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीको अवसर पारेर अधिवेशनसहित कविता वाचन कार्यक्रम गरेको छ ।

दुई वर्षबीचमा लक्ष्मी जयन्तीको अवसर पारेर गरिने अधिवेशले नयाँ कार्यसमिति गठन गरेको छ । राजकुमार पुडासैनीको अध्यक्षतामा चयन गरिएको नौ सदस्यीय कार्यसमितीको उपाध्यक्ष परमानन्द सापकोटा र मोहन खत्री, महासचिव सौरभ कारञ्जित, सचिव जमुना गैरे र कोषाध्यक्ष डिल्लीराम अम्माई रहेका छन् । सदस्यमा नन्दु घले, माधव सापकोटा र विष्णु सापकोटा चयन भएका छन् ।

समाजका उपाध्यक्ष राजकुमार पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव परमानन्द सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी कवि, लेखक तथा लोकगायक नरबहादुर विसी थिए ।

कार्यक्रममा महाकविका यागदान बारे चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली दिइयो । अन्तराष्ट्रिय साहित्य समाजका भूतपूर्व अध्यक्ष विमल गिरी र दीपेन्द्र केसी लगायत उपस्थित सर्जकले महाकविलाई सम्झिँदै आफ्नो कविता वचन गरे ।

वि.सं. १९६६ साल कात्तिक कृष्णऔँसीका दिन काठमाडौं डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटाका महाकाव्य, खण्डकाबव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, फुटकर कविता प्रकाशित छन् । बाल्यकालदेखि नै कलम चलाउन सुरु गरेका देवकोटाले नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका थिए ।

देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढि बिक्री हुने र लोकप्रिय पुस्तक हो । शाकुन्तल र सुलोचना महाकाव्य, कुञ्जिनी खण्डकाव्य देवकोटाका उत्कृष्ट कृति हुन् ।

२०१६ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालय र नेपाल भाषा प्रतिष्ठान स्थापना सहित नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागु गराउन देवकोटाले महत्वपूर्ण योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung