५ कार्तिक २०८३, बुधबार

 

यसरी सम्पन्न भयो अक्टोबर क्रान्ति

लेनिनको मुटु जोडले ढकढक गरिरहेको थियो । त्यो दिन त्यो समय जसका लागि लेनिनले यत्रो बर्ष संघर्ष गरेका थिए त्यो संघर्षको मुख्य चरण आज आफ्नै अगाडि थियो । लेनिन र एड्नो रहियालाई रमाल्नी भन्ने ठाउमा जान दिइयो । लेनिनले ओवरकोटको टाँक खोल्नु भई हात खल्तीमा राख्नु भएको थियो ।

लेनिनले आफुले बनाएको नक्कली कपाललाई बिर्सी सक्नु भएको  थियो । एउटा घरको तेस्रो तलाको कोठामा सरासर प्रवेश गर्नु भयो जुन सैनिक क्रान्तिकारी समितिको कोठा थियो । समितिका सबै सदस्यहरुको कोठामा उपस्थित भइसकेका थिए । १२ घण्टा देखि समितिको बैठक भई रहेको थियो । बैठकमा क्रान्तिलाई कैयौँ रुप दिने सवालमा बैठक केन्द्रित थियो । बीचबीचमा लाल गार्ड सैनिक ढुकुडीहरु र कलकारखानाका मजदुरहरु आउने जाने क्रमचलिरहेको थियो ।

लेनिन कोठामा प्रवेश गरे पश्चात टोपी फुकान्नु भई सदाका लागि नक्कली कपालप निझिक्नु भयो । जसको अब कुनै आवश्यकता थिएन । सैनिक क्रान्तिकारी समितिका दुब्लो अनिद्राका कारण सुन्निरहेको आँखा भएको मान्छे जस्लाई इल्थीच बोदबोइस्की नामले बोलाउने गरिन्थो । पोदवोइस्की लेनिन र लिरेर हेरेर लेनिनको सम्बोधनको लागि अर्धाैयताका साथ प्रतिक्षा गरी राख्नु भएको थियो । लेनिनको आगमनले सबैलाई खुसीको रक्तसंचार गरायो । सबै सदस्यहरुमा नयाँ जोश र साहस भरिएको स्पष्ट संकेत सबै सदस्यहरुको मुहारमा झल्किरहेको थियो ।

ढिलो गर्नुको अर्थ हुन्छ मृत्यु लेनिनले दृढता पुर्वक आफ्नो कुरा राख्न सुरुगर्नुभयो । हामीले हुलाक दुरसञ्चार रेलवे स्टेसन तथा पुलहरु मथि कब्जा जमाउनु पर्छ आजै राति । लेनिन आएको खबर स्माल्नीको सम्पुर्ण लाल सैनिकहरुमा फैलिरहेको थियो सन्देश बाहकहरुले आदेश प्राप्त गरी सकेको थियो । हुलाक दुरसञ्चार रेलवे स्टेसन तथा पुलहरु माथि कब्जाजमाउने निर्णय लाल सैनिक लामबद्ध भएर स्मोलनीको सामुन्नेको मैदान अगाडि बढि रहेको थियो । सशस्त्र मजदुरहरु सैन्य सामाग्रीले सुसज्जित भएर रातको अध्याँरोमा आ–आफ्नो स्थानको लागि हिडि सकेको थिए ।

लाल सिपाहीहरु र जहाज चलाउनेहरु सबै सैनिक क्रान्किारी समितिको आदेश पुरा गर्न आफ्नो कार्यमा तिब्र गतिले लागि सकेका थिए । २४ अक्टोबरको राति सशस्त्र मजदुर र क्रान्तिकारी सैनिकले रुसको राजधानी पेत्रोग्राद आफ्नो कब्जामा लिए । अस्थायी सरकारका सदस्यहरु शीत प्रसादमा डेरा जमाएर बसेको थिए । शीत प्रसादको अग्र भाग नेवानदीसम्म र पछिल्लो भाग विशाल द्धोत्र्सोबाया स्क्वायसम्म फैलिएको थियो । शीत प्रसाद सेता स्तम्भहरु र मुर्तिहरुद्धारा सजिएको थियो ।

प्रसादको उपल्लो तलामा प्वाँख फैलाएर बसेको चीलको मुर्ति थियो । यस प्रसादमा पहिले जार रुसको राजा बस्ने गर्दर्थे । लेनिनले सैन्य समितिका अध्यक्ष पोद्वोइस्कीलाई भन्नु भयो । सवै पेत्रोग्रादआफ्नो आधारमा आई सकेको छ । तर शीतप्रासाद माथि अझै हाम्रो कब्जा हुन सकेको छैन । त्यसमाथि छिट्टै कब्जा हुन नसकेको छैन । छिट्टै कब्जागरि अस्थायी सरकारका सबैलाई गिरफ्तार गर्नु पर्छ ।

२५ अक्टोबर क्रान्तिको पहिलो बिहान जनताहरुले लेनिनको रुसका नागरिहरु सँग भन्ने अपिल पढी रहेका थिए । अपिलमा लेखिएको थियो अस्थायी सरकारलाई अपदस्त गरेर सोभियलहरुले सत्ता आफ्नो हात मालिएको छ । क्रान्ति विजय प्राप्त ग¥यो  । राजनैतिक घटनाक्रम तिव्र गतिले विकसित भईरहेको थियो । अस्थायी सरकारको हातबाट सत्ता खोसि सकेको थियो । अस्थायी सरकारका मन्त्रीहरुले आफुलाई शीत प्रसादमा बन्द गरेर राखेका थिए ।

लेनिनले सैन्य अध्यक्षसँग यस बारे जवाफ मागे । पोदमोइस्कीले लेनिनलाई जानाकारी दिए शीत प्रसादमाथि आज हाम्रो कब्जा हुनेछ । लाल सेनाका समुहहरु र क्रान्तिकारी दस्ताहरुलाई शीत प्रसाद घेर्ने आदेश दिई सकेको थियो । मजदुरहरु र लाल सैनिकहरुले शीत प्रसाद जाने सबै नाकाहरु बन्द गरि सकेका थिए । शीत प्रसादलाई चारै तिरबाट घेरी सेकेको थिए । खास खास स्थानमा सैन्य तोप राखिएको थियो । तारपीडो जहाजहरुले नेवा नदिबाट पनि शीत प्रसादको अगाडि आफ्नो निशाना बनाई सकेको थियो । यो २५ अक्टोबर सन् १९१७ रातिको कुरा हो ।

जनताहरुलाई सन् १९०५ को खुनी र कालो आइतबारको सम्झना ताजै थियो । त्यती बेला जारको यही शीत प्रसादको प्रांगाणमा पीटर्सवर्गका हजारौं मजदुरहरुले  शान्तिपुर्ण ढंगले  देउताको प्रतिमाहरु बोकेर गाँस, बाँस, र कपासकालागि अनुरोध गर्न आएका थिए । तर जार सरकारले गास,बास, कपासको सट्टा जनताहरुलाई गोली उपहार दिएका थिए । त्यस आईतबार जारको दरवार अगाडि हजारँौ निर्दोष मजदुरहरुको रगत बगेको थियो ।

त्यसैले २५ अक्टोबर सन् १९१७ मा कसैले पनि भगवानका प्रतिमाहरु लिएर आएका थिएनन् । उनीहरुले मनमनै भनि रहेको थिए, जारको दरवार अव हेर जनताको तागत । कमिसार र सैनिक क्रान्तिकारी समितिका सदस्यहरुले गाडी र घोडाहरु चढी मोर्चावद्ध लडाईको  निरीक्षण गरी रहेका थिए । साथीहरु धैर्यतापुर्वक थप ताकत र बल लगाउनु होस, लेनिनले क्रान्तिको नेतृत्व गरी राख्नु भएको छ ।

स्मोल्नीमा लेनिनले शीत प्रसाद घेराउ आक्रमणको रिपार्ट पढी राख्नु भएको थियो । लेनिनले पेन्सिल हातमा लिएर शीत प्रसादको नक्सालाई गहिरिएर अध्ययन गरी रहनुभएको थियो ।  शीत प्रसाद अगाडिका कुन कुन सडकमा थप सैनिकहरु परिचालन गर्नु पर्छ भनि लेनिनले आदेश दिई रहनु भएको थियो । उक्त प्रसादमा अस्थायी सरकारका सैनिकहरुले शीत प्रसाद अगाडिका सबै बाटोहरुमा अवरोध खडा गरी आक्रमण गरी राखेका थिए । मेशीन गनबाट अवरोध माथि आगो बर्साउदै लाल सैनिक प्रसाद स्क्वाएर अगाडि बढी रहेको थियो ।

अस्थायी सरकारका सैनिकहरु हतियार फालेर प्रसादको भित्र दैडिरहेका थिए । मजदुर क्रान्ति जिन्दावाद को नारा लगाउदै लाल सैनिक र सशस्त्र मजदुरहरुले दरवार भित्रको झिलिमिलि देखेका थिए । सयैं कोठा, झ्याल,मखमल, रेशम, तस्विर,मुर्तिहरु, बहुमुल्य फर्निचर, ठुलाठुला ऐना निशाना लगाउदै लाल सैनिक अगाडि बढीरहेको थियो । जस्को नेतृत्व अन्तोनोव ओब्सेयेन्सको येरेमेयेव पोद्वोइस्कीहरुले गरेका थिए । अस्थायी सरकारका सवै मन्त्रीहरु आफुलाई एउटा हल भित्र बन्द गरेका थिए ।

लाल सैनिकका कमाण्डरले अस्थायी सरकारका सबै सैनिकहरुलाई हतियार त्याग्न र आत्मसमर्पण गर्न आदेश दिएको थियो र मन्त्रीहरुलाई गिरफ्तारको निर्णय सुनाइएको थियो । रात धेरै  छिप्पीएको थियो तर स्मोल्लीका सबै घरहरु उज्यालो बत्तीहरुले जगमगाईरहेको थियो । सबै ठाउहरुमा जनताको भिड बढीरहेको थियो । शीत प्रसाद कब्जा गरिएको समाचार सुन्न मानिसहरु प्रतिक्षा गरी रहेका थिए । जोर जोर ढगंले बुट बजार्दै सैनिक क्रान्तिकारी समितिका अध्यक्ष पोद्वाइस्की कोठामा प्रवेश गरी अध्यक्ष लेनिनलाई सैल्युट गरेपछि जानकारी दिए साथी लेनिन शित प्रसाद हाम्रो कब्जामा भै सक्यो । लेनिन उत्तैजित हुदैं पोद्बोइस्कीलाई जोडदार ढङगले अंगालो मारे ।

(लेखक मारिया प्रिलेजाययेवारबाट लिखित पुस्तकबाट अनुवाद )

(अनुवादक :मुकेशचन्द्र राजभण्डारी )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung