
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसकाले चुनावी अभियान तिब्र पारेको छ । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले बानपा ८ सिगानाको लामाचौर, काठेखोला गाउँपालिकाको बिहँु ५ र ६ वडामा बिभिन्न स्थानमा घरदैलो एवं कोण सभा सम्पन्न गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काले पुर्वाधार निमार्ण, सडक, खानेपानी र आर्थिक समृद्धिको लागि आफनो भुमिका महत्वपुर्ण हुने बताईन ।
उनले गाउँ, समाज, जिल्ला अनि मात्र मुलुकले काचुली फेर्ने हुदा पहिला टोल देखि नै विकास गर्ने तयारीका आफनो उम्मेदवारीका साथ जुटेको बताईन । यस अगाडि पुरा हुन नसकेका कामलाई सम्पन्न गर्न रुखमा मतदान गरि विजयी गराउन उनले सबैसँग आग्रह गरिन । सोही क्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले काँग्रेस भए सम्म कसैले पनि कुनै किसिमको समस्या झेल्नुनपर्ने भएकोले रुखमा ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले समग्र जिल्ला र क्षेत्रको विकासको लागि आफनो उम्मेदावरीका साथ मैदानमा उत्रिएको हुदा विजयी गराउन सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
घरदैलो एवं कोणसभामा नेपाली काग्रेसको तर्फबाट समानुपातिक उम्मेवार, मणिभद्र शर्मा, राप्रपाका समानुपातिक उम्मेद्वार द्धय डिलविकास राजभण्डारी, कृष्णकुमारी गौचन, राप्रपाका केन्द्रिय सदस्य देविप्रसाद कँडेल, नेपाली काग्रेसका, पुर्व जिल्ला उपाध्यक्ष जगदिशचन्द्र उपाध्याय, जिल्ला सदस्यहरु बशन्तकुमार श्रेष्ठ, खिमानन्द पौडेल, पदम पुन ,महेन्द्र पुन, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा, काठेखोला गाउँपालिका काँग्रेस सभापति ज्ञाननाथ कँडेल, नेपाल शिक्षक सघंका पुर्व सचिव भवानीप्रसाद कँडेल, काठेखोला गाउँपालिका वडा न ५ का अध्यक्ष शिव कँडेल, ४ का अध्यक्ष केशव थापा लगाएले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काग्रेसको जितको आशामा सर्वसाधारण रहेको बताएका थिए । काठेखोला गाउँपालिका ६ का पार्टी सभापति भवानीशंकर कँडेललको अध्यक्षता, हर्कमान विकको स्वागत र पुर्व सचिव राजु सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।