१९ जेष्ठ २०८३, मंगलवार

 

‘छोरो भन्छ आईफोन छोरी भन्छे आईफोन’ (मुक्तक)

कमल थापा ‘मुस्कान’

१.
पोलि रहन्छ मन भतभत कहिलै सोचेनन्
मेरो कुरामा भएर सहमत कहिलै सोचेनन्
छोरो भन्छ आईफोन छोरी भन्छे आईफोन
कस्तो छ यता बाउको हालत कहिल्यै सोचेनन्

२.
चर्को घाममा दुख अंगाल्नु पर्छ
बगरमा बालुवा सँधै चाल्नु पर्छ
यो बुदैनन् भन्छन् बा आईफोन
यता आसु पिएर पेट पाल्नु पर्छ

३.
सोच्दै नसोचेको कुरा दिलाएर गयो
मुटु चिरी पत्थरले सिलाएर गयो
जस्लाई आखा चिम्ली विश्वास गरे
आज उसैले जहर पिलाएर गयो
४.
लाग्ला सुनाउँदा बकवास रोज्नु प¥यो भने
कि त सास कि त लास रोज्नु प¥र्यो भने
जन्ती रोज्छेउ या आफ्नै प्रेमिको मलामी
भन प्रिया दुई मध्य खास रोज्नु प¥यो भने

ताराखोला गाउँपालिका –३ हिल इदि, बागलुङ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung