
बागलुङ बजारदेखि निरयघाट झर्ने ठाउँतिर मुस्लिम समुदायको चिहान (कब्रिस्थान) छ । जहाँ बागलुङ बजार र आसपासमा वस्ने झण्डै ४० परिवार मुस्लिम समुदायले आफ्ना परिवारका सदस्यको शव राख्ने गर्दछन् । उनीहरुले विक्रम संवत २०२२ सालदेखि यो ठाउँ प्रयोग गर्दै आएका छन् ।

करिम दिन
लाम समयदेखि शव राख्दै आउँदा ठाउँ साँघुरो भएको उनीहरुले बताउने गरेका छन् । आफुहरुले प्रयोग गर्ने ठाउँको सिमा क्षेत्र निस्चित गरेर तारवारको व्यवस्था मिलाईदिन स्थानीय प्रशासन तथा विभिन्न निकायसँग माग गर्दै आए पनि अझै काम हुन नसकेको मुस्लिम अगुवा करिम दिनले वताए ।
‘ठाउँ आप्ठ्यारो छ, र शव राख्दै जाँदा साँघुरो समेत भएको छ,’ उनले भने, ‘यहाँको प्रशासन, नगरपालिका र जिल्ला समन्वय समितिमा पनि हामीले बारम्बार अनुरोध गरेका छौँ, तर अहिले सम्म काम हुन सकेको छैन ।’
उनले सुरक्षित कब्रिस्थान नहुँदा आफ्नो परम्परा अनुसार गरिने अन्तिम सँस्कार गरेर शव राख्न समस्या भएको भन्दै त्यसको व्यवस्थापन गरिदिन सम्बन्धित निकायसँग माग गरे ।

मुस्लिमको कार्यक्रममा खलिल दिन
खुल्ला ठाउँ भएको र तारबार गरेर व्यवस्थित नगरिएका कारण बाहिरी मान्छेहरुले जथाभावि फोहोर फाल्ने र दिशा पिसाव समेत गरिदिने गरेका कारण आफ्नो पवित्र ठाउँ सुरक्षित हुन नसकेको उनीहरुको दुखेसो छ ।
‘कब्रिस्थान हाम्रा लागि निकै पवित्र ठाउँ हो, हामी आफै पनि त्यहाँ जाँदा, जुत्ता चप्पल खोलेर चोखो, शुद्ध र पवित्र भएर जाने गर्छौं दिनले भने, ‘तर पुरै खुल्ला ठाउँ छ, बाहिरी मान्छे जथाभावि जाने, फोहोर फाल्ने र दिशा पिसाव समेत गर्ने गरेपछि हामी चिन्तामा छौँ ।’
छुट्टै ठाउँ नभएकाले स्थानीय सामुदायिक वन क्षेत्रमा गर्नुपरेको र बेलाबेलामा स्थानीयवासीसँग खटपट हुने गरेको खलिलदिन मियाँले बताए ।
आफ्नो प्रयोजनको लागि दिने भुभाग छुट्याईदिन र तारवार गरेर सुरक्षित गर्न बजेटको व्यवस्था गरिदिनुपर्ने उनीहरुको मुख्य माग छ ।

मुस्लिम बच्चाहरु
‘५०, ५२ वर्षदेखि शव राख्दै आएको ठाउँ हो, अब त ठाउँ पनि अपुग हन थालेको छ,’ मियाँले भने, ‘२।३ रोपनी जग्गा पुरै भरिएको छ, बाँकी ठाउँ अप्ठ्यारो र भिर पहरा छ, यसको दिगो व्यवस्थापनका लागि सम्बन्धित निकायले पहल गरिदिनुप¥यो ।’
३ लाख खर्चेर बन्यो बाटो
उनीहरुले कब्रिस्थान भएको ठाउँमा झण्डै सय मिटर बाटोमा ढुङ्गा छपाएर सोलिङ गरेका छन् । बाटो बनाउन मुस्लिम समुदायका ५० जना भन्दा बढी सदस्यले एक सय एकाउन्न रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जुटाएर बाटो बनाएका हुन् ।
बाटो बनाउन करिम दिनले नै सवैभन्दा बढी १ लाख सहयोग गरेका थिए । बागलुङको सिवाईसी सहकारीले ३५ हजार रुपैयाँ सहयोग गरेको थियो । झण्डै ३ लाखको लागतमा बाटो बनेको हो । यसरी १ लाख ८० हजार जुटेको र बाँकी केहि ऋण रहेको दिनले जानकारी दिए ।