१ जेष्ठ २०८२, बिहीबार

 

‘कम्युनिष्टले विश्वको कुनै पनि देशमा समृद्धि ल्याउन सकेन’–नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा वामपन्थीले लोकतन्त्रको सम्मान गर्न कहिलै नसक्ने बताएका छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को बृहत चुनावी सभालाई जिल्लाको गलकोटको हटिया बजारमा सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले अहिलेको लोकतन्त्रलाई सम्मान गर्न नसकेका कारण देश धरासायी बनेको आरोप लगाए । पौडेलले वामपन्थी, दक्षिणपन्थिले लोकतन्त्रलाई स्वागत गर्न तथा लोकतन्त्रको बाटोमा हिड्न नसक्दा देशमा विकास हुन नसकेको बताए ।

पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लानका लागि सम्पु्र्ण जनताले नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरेका थिए । हिजो संविधान जारी गर्दा हस्ताक्षर गर्ने प्रचण्ड र केपिले आज दुई एक ठाउमा उभिएर दुई तिहाई बहुमत ल्याई संविधान संशोधन गरि नयाँ संविधान दिने आश्वासन बाड्दै हिड्ेको आरोप लगाए ।

पौडेलले देशको सबै वर्गलाई सम्मान दिने खालको संविधान काँग्रेसको नेतृत्वमा भएका कारण अवको हरेक कार्यको नेतृत्व काँग्रेसले नै लिने जिकिर गरे । पौडेलले भन्नुभयो–हामी देशका सबै डाँडा पाखामा समृद्धिको दियो बाल्ने उद्देश्ले लागेका छौ, वामपन्थिहरु अहिले सत्ता मोहमा फसेका छन । उनले अबको काँग्रेस विकासको नयाँ निति अवलम्ब गरेर अगाडि बढने दाबी गरे । उनले कम्युष्टहरुले समस्या निम्त्याउने र समाधान गर्न नसक्ने पार्टी भएका कारण लोकतन्त्रवादीले मात्र समस्या समाधान गर्ने बताए ।

यस क्षेत्रका काँग्रेसका उम्मेदवार निरज पुन, मञ्जेश बम मल्ल र जित शेरचनलाई भोट माग्दै पौडेलले हरेक समुदायको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताउदैं पौडेलले कम्युनिष्टले विश्वमा कुनै पनि देशमा समृद्धि ल्याउन नसकेको आरोप लगाए । पौडेलले मुलुकको उन्नती र प्रगतीको लागि लोकतन्त्रप्रति विश्वास राख्न आग्रह गरेका थिए । उनले सबै समस्याको समाधान नेपालि काग्रेसले गर्ने दाबि गरे । उनले नेपालि काग्रेसले मात्र विकास चाहेको भन्दै केपी ओलि र प्रचण्डले राष्ट्रवादि कुरा नर्गन आग्रह गरे ।

त्यस्तै नेपालका कम्युनिष्टहरु एकिकृत भएका कारण देशनै सकिने नेपाली काग्रेसका नेता गगन थापाले बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले गलकोटमा आयोजना गरेको आम चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताए । थापाले कम्युष्टहरुको एकताले देश दुर्घटनामा पर्ने खतरा बढेको भन्दै लोकतन्त्रको रक्षाका लागी अबको निर्वाचनमा नेपालि काग्रेसले जित्नुको विकल्प नभएको बताए ।

नेता थापाले यसअधिको निर्वाचनमा माओवादी केन्द्र नेपालको ठुलो पार्टी भएका बेला माओवादी केन्द्रले टुडिखेलको खुल्ला मंञ्चबाट नेपाली काँग्रेस सकियो भन्दै ठुलो भएको अंहकार गरेका कारण माओवादीले आफनो जिम्मेवारी पुरा गर्न नसकेको आरोप लगाए । थापाले यसअगाडि जनतालाई दिएका आस्वासनका आधारमा संविधान निर्माण गरेर जनताको अगाडि उभिएको दाबि गरे ।

थापाले कम्युनिष्टहरु एक हुदै गर्दा जुन देशका नागरिकहरु खुसी भए त्यो देश र उक्त देशको प्रगति समेत सकिएको बताए । हाम्रा देशका कम्युनिष्टहरु एक भएर देखाउछौ भन्दै गर्दा कहि गर्न नसक्ने भन्दै महेन्द्रको दुश्साहसले ३० बर्ष र प्रचण्डको दुश्साहसले २० बर्ष गएको भन्दै एउटा भएको कम्युनिष्ट पार्टीको अंहकारले अर्को १०, १५ वर्ष खेर जान नदिन आग्रह गरे ।

उनले पार्टी पार्टी चाहर्दै, चौतारा, चौतारा घुम्दै बागलुङ आउने मान्छेले नभएर निरज पुनले सहि प्रतिनिधित्व गर्न सक्ने दाबि गरे । प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले प्रतिनिधित्व गर्दै गर्दा एक जनाले पनि मैले गलत व्यक्तिलाई प्रदेशको संसदमा निर्वाचित गराएर पठाएछु भनेर शिर निहुराउन नपर्ने थापाको भनाई छ । उनले बन्द्ुक बोकेर देश परिवर्तन गर्छु भनेर हिडेका कम्युनिष्ट मध्येका सबैभन्दा जानेका डाक्टर बाबुराम भट्राईले आज काग्रेसको मञ्चमा उभिएर कम्युष्टको बाटो गलत भएको भन्दै हिडिरहेको बताए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेद्वार नर बहादुर पुन निरज, निर्वतमान सांसद तथा समानुपाति उममेद्वार ज्ञानकुमारी छन्त्याल, प्रदेश सभा समानुपाति उम्मेद्वार मणिभद्र कडेल, प्रदेश समा उम्मेद्वारर मञ्जेश बम मल्ल, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोण कुँवरको अध्यक्षता, निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ को प्रदेश सभा क का संयोजक फम खत्रीको स्वागत मन्तव्य, महाधिवेसन प्रतिनिधि यम श्रीस र मञ्जु शर्मा चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung