
नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का वाम गठबन्धनबाट प्रतिनिधि सभाका साझा उमेदवार देबेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणालीबाट नै देशलाई नयाँ युगमा लैजाने बताए । पचासौं बर्ष काँग्रेसको अधिनायकवाद व्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वाम गठबन्धनलाइ पुर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिन आग्रह गरे ।
पौडेलले २ नम्बर निर्वाचन क्षेत्रमा संयुक्त वाम गठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै यस्तो बताएका हुन । देशमा अस्थिरतामा रहि रहदा विकास र समृद्धिका एजेण्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन आग्रह गरे । ‘वामपन्थी एक हुँदा जनता खुसी छ्न, त्यो खुसी अब १० गते हामीलाई मतदान गरेर पछि प्रमाणित हुनेछ हामी ढुक्क छौ’ उनले भने ।
तत्कालीन जनयुद्धको आधार इलाका मानिने ताराखोलामा पुगेर पौडेलले यो ठाउँबाट जनयुद्ध र जनआन्दोलनमा धेरै साथीहरुको योगदान र बलिदान छ, अब ढुक्क हुनुस वामपन्थी सरकारले शहिद, घाइते, बेपत्तायोद्धा को उच्च सम्मान र योगदानको कदर गर्ने छ । ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था सिर्जना गर्छौ, अब पुर्ण बहुमतिय वामपन्थी सरकार बन्न कसैले रोक्न सक्दैन’ पौडेल भने । अब केन्द्र र प्रदेशमा स्थायी सरकार मार्फत सबै जनताको अधिकारका लागि लड्ने छौ, विकास र समृद्धिका लागि लड्ने छौ, त्यहिअनुसार जनताले हामीलाई बुझिदिनुहुने छ पौडेलले भने ।
पौडेलले भने ‘विगतका केन्द्रीकृत र एकात्मक राज्य प्रणालीले जनताको अधिकारको सुनिश्चितता नभएको भन्दै , नयाँ अवधारणा सहित हामि वामपन्थी एक ढिक्का भएर आएका छौ अब कुनै तागतले हामीलाई रोक्न सक्ने छैन’ । विपक्षीहरु चुनावका बेला मात्र सक्रिय हुने गरेको भन्दै उनले उनीहरुको क्षणिक लोभलालच र प्रलोभनमा नपरी जनता जागरुक भै वामपन्थीलाई जिताउन आग्रह गरे । चुनाव नजिकिदै गर्दा विपक्षीहरु चुनाव जित्न केही जनतालाई सामान र पैसा दिएर प्रलोभनमा पार्न खोजेको भन्दै त्यस्ता जो सुकै भएपनि समातेर प्रहरीमा बुझाउन आग्रह गरे ।
हामी चुनाव जित्नका लागि मात्रैको तालमेल हैन,अब सबै परिवर्तनकारी शक्तिहरु एक भएर देशमा एउटामात्र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णयमा पुगेको भन्दै विपक्षीका कुनै भ्रममा नपर्न आग्रह गरे । पौडेलले हामीले आफ्नो स्वार्थ छाड्यौ, अब इतिहासको पुर्ण समिक्षा गरि सबै जनताको स्वार्थका लागि लड्ने छौ भने । यी सबै कुराको लागि स्थायी सरकार चाहिन्छ, जनताले हामीलाई त्यहि अनुसार बुझ्न आग्रह गर्न चाहान्छौ ।