२२ असार २०८२, आईतवार

 

बागलुङमा मतगणना सुरु

पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको बागलुङमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ । सदरमुकाम बागलुङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ७ः४५ बजेदेखि मतगणना सुरु भएको हो । अहिले प्रतिनिधि सभा अन्तरगतको क्षेत्र नं. १ को काठेखोला गाउँपालिका को धिमि करिना केन्द्रको क, ख, ग केन्द्रको मतगणना भैरहेको छ ।

त्यसैगरी क्षेत्र नं. १ प्रदेश नं. २ अन्तरगत कुश्मिसेराको शान्ती मावि केन्द्रको क, ख, ग केन्द्र, सुन्तलाचौर मावि दमेकको क, ख,ग केन्द्रको मत गणना हुँदैछ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तरगत गलकोट नगरपालिका १ दुदिलाभाटी क, ख, ग केन्द्र, गलकोट नगरपालिका २ नरेठाटी क र ख केन्द्रको मतगणना भैरहेको छ ।

त्यस्तै क्षेत्र नं. २ प्रदेश १ गलकोट अन्तरगत गलकोट नगरपालिका १ दुदिलाभाटी केन्द्र क, ख र ग मतदान केन्द्रको मतगणना भैरहेको छ । त्यसैगरी क्षेत्र नं २ प्रदेश २ अन्तरगत उत्तर गंगा मावि बुर्तिबाङ क र ख केन्द्रको मतगणना भैरहेको छ ।

फोटो : मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung