लघु चलचित्र ‘बिरानो गाउँ’ को छायाँङ्कन सुरु भएको छ । यसमा देशमै रोजगारी नपाउँदा विदेशिनुपर्ने वाध्यता र यसले समाजमा पारेको प्रभावलाई विषयवस्तु बनाईएको छ ।
पहिलो चरणमा नरेठाँटीको तोरीखोला, छबिसे, घसघसा लगायतका ठाउँमा छायाँङ्क भईसकेको निर्देशक ईश्वर बाबुले जानकारी दिए ।
यसपछि दमेकका विभिन्न ठाउँमा छायाँङ्कन हुने उनको भनाई छ । उनका अनुसार यो लघु चलचित्रमा स्थानीय मौलिक सँस्कृति र परम्परा र गाउँले परिवेशलाई पनि समेटिएको छ ।
युवा विदेशिनु पर्ने बाध्यताले गाउँ रित्तिएका छन्, बुढाबुढी, महिला र कुटाकेटी मात्रै गाउँमा हुदाँ भोग्नुपरेको समस्या, विदेशको दुख र नवविवाहित जोडि छुट्टिएर बस्दाका नकारात्मक प्रभावलाई समेट्ने प्रयास गरेका छौँ,’ ईश्वर बाबुले भने, ‘गाउँको मौलिक परम्परा र स्थानीय परिवेश पनि यसमा परेको छ ।’
बिरानो गाउँको कथा लेखन तथा निर्देशन ईश्वर बाबूले गरेका छन् । निर्माता कम जिएम हुन् । अभिनयमा ईश्वर बाबु, अर्जुन बोहरा, दुर्गा घर्ती, उषा घर्ती, कृष्ण कुमारी छन् । यसमा गउँका मुखिया बाजे, मुखिनी बजै र बुढा घरे बाजेको भुमिका पनि छ ।
विरानो गाउँमा गाउँको मौलिकता संगै मौलिक र सन्देशमूलक कथा झल्काउने प्रयास गरिएको र छिट्टै सार्वजनिक हुने निर्देशक ईश्वर बाबुले बताए ।














































































































































































































