
विसं. २०१० मा आफ्नो डाक्टरी पढाई समाप्त गरि बोलिभियामा भएको सुधारवादी क्रियाकलापले निकै आकर्षित ग¥यो । तर बोलिभियामा सुधार प्रक्रिया लामो समयसम्म टिक्न सकेन । त्यस पछि चे पेरुको यात्रा गर्दै ग्वाटेमाला पुगे । जहाँ ज्याकोव आर्वेन्जको सुधारवादी सरकारले जनपक्षीय कामहरु गर्दै थिए । आदिवासी र किसानहरुलाई जग्गाहरु वितरण गर्ने, अमेरिकन कम्पनीहरुलाई राष्ट्रियकरण गरे पछि अमेरिकन साम्राज्यवादले आर्वेन्ज सरकारलाई सैनिक बिद्रोह मार्फत ढाल्यो ।
चे अमेरिकन सरकारको बिरुद्ध र ओर्वेन्ज सरकारको पक्षमा घोषित रुपमै मैदानमा ओर्लिए तर संघर्ष असफल भएपछि अर्जेन्टिनाको दुतावासको सहयोगपछि उनी मेक्सिको फर्के । चेलाई विश्वको जनताको एक मात्र शत्रु अमेरिकन साम्राज्यवाद हो भन्ने कुरा प्रष्ट भयो । उनले मेक्सिकोमा माक्र्स, एंगेल्स र लेनिनका पुस्तकको गहिरो अध्ययन गरे । स्पेनिस गृहयुद्धमा प्रयोग भएको छापामार रणकौशलको पनि अध्ययन गरे । मेक्सिकोमा चेका साथी मिकोले क्युवामा छिट्टै सशस्त्र संघर्ष थालनी गर्न चाहेका युवा क्रान्तिकारी राउल क्युवास्त्रोसँग चेलाई भेट गराए ।
क्यास्त्रोबाट उनले क्युवामा भएको संघर्षको बारेमा थाहा पाए त्यसपछि अमेरिकामा क्रान्तिको लागि आर्थिक सहयोग जुटाउँदै हिड्नु भएका फिडेल क्यास्त्रोले भनेका छन–‘‘हाम्रो क्रान्तिको सैनिक अभियानको बारेमा मैले कुरा गर्दा चे ग्वेभारासँग मसँग भन्दा धेरै पाको राजनैतिक विचारधारा र सैद्धान्तिक ज्ञान भएको पाए’’ । उनको संघर्षशिल जीवन देखेपछि मैले महशुस गरे चे मभन्दा ठूलो क्रान्तिकारी थिए । यहि बिचका उनीहरुले क्रान्तिका लागि चाहिने आर्थिक, हातहतियार, आवश्यक जनशक्ति र जहाजको गोप्य तयारी अगाडी बढाए ।
उनीहरुले One hundred and fiftey questions to the gurrillero स्पेनी अलबर्टो वायोको छापामार सम्बन्धि पुस्तकको अध्ययन गरे । त्यही एक रात भरी अध्ययन र कुराकानीको बिचमा चे ग्वेभाराले क्यास्त्रोलाई एउटा शर्त राखे । धेरैको लागि यो शर्त अचम्मको हुन सक्छ । चे ग्वेभाराले फिडेल क्यास्त्रोलाई भनेका थिए ‘क्युवाको क्रान्ति सम्पन्न भएपछि मलाई कुनै पनि हालतमा रोक्न पाईने छैन, दक्षिणी अमेरिकामा क्रान्ति सम्पन्न गर्न जान दिनु पर्छ ।’ सन् १९५९ मा फिडेल क्यास्त्रो, चे ग्वेभारा र राउल क्यास्त्रोको नेतृत्वमा क्युवाको क्रान्ति सम्पन्न भयो ।
८ अक्टोबर १९५९ मा चे क्युवाको भूमि सुधार आयोगका प्रमुख, क्युवाको नेशनल बैंकको डाइरेक्टर र सन् १९६१ मा उद्योग मन्त्री र राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरेका थिए । सन् १९६० मा चे ग्वेभाराको विश्व प्रसिद्ध पुस्तक छापामार युद्ध Guerrilla Warfare हवानाबाट प्रकाशित भयो । सन् १९६० देखि ६१ को बिचमा चेले सोभिइत संघ, चेकोस्लोभाकिया, पूर्व जर्मनी, चीन, उत्तर कोरिया, उरुग्वे, अर्जेन्टिना र ब्राजिलमा सरकारी भ्रमणमा गएका थिए ।
सन् १९६४ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुक्त संघको साधारण सभालाई चे ग्वेभारले सम्बोधन गरेका थिए । यहि शर्तलाई सम्झना गराउँदै विसं. २०२३ साल कार्तिक १९ गते चे ग्वेभाराले फिडेल क्यास्त्रोलाई कंगोबाट अन्तिम चिठी लेख्दै आफ्नो पार्टि सदस्यता, मन्त्री पद, मेजर पद र क्युवाली नागरिकता परित्याग गरे । आफ्नो परिवार क्युवा सरकारको जिम्मा लगाए र ५० जना छापामार साथीहरुको साथ बोलिभियाको क्रान्ति सम्पन्न गर्ने महान यात्रामा लागे ।

आफ्नो साथीलाई बचाउने क्रममा २०२४ साल असोज २२ गते युद्धस्थलबाट चे ग्वेभारालाई गिरफ्तार गरियो । चेलाई मुद्धा चलाउँदा विश्वव्यापी आन्दोलन हुने त्रासले अमेरिकाले अक्टोबर ९ मा चे्को निर्ममता पूर्वक हत्या गरे । २०२५ साल असार १८ मा बोलिभियाबाट भूमिगत ढंगले ल्याएको चे को डायरी क्युवाबाट ‘बोलिभियाको डायरी’ पुस्तक प्रकाशित भयो ।