बागलुङ । आदर्श स्पोर्ट्स क्लब बागलुङको आयोजनामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य डिल्ली राम सुवेदीले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, हिसान नेपालका केन्द्रिय सदस्य तथा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, एनप्याब्समका केन्द्रिय सचिव एवम फ्युचर ब्राईटर बोर्डिङ स्कूलका प्रधान्ध्यापक बालकृष्ण शर्मा र जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमआदर्श स्पोर्ट्स क्लब बागलुङका अध्यक्ष राजेश केसीको अध्यक्षता , क्लवकी कोषाध्यक्ष जुना केसीको स्वागत र क्लबका सचिव कमल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
छात्र तर्फको पहिलो खेलमा अमर आर्दशले आयोजक आर्दश विद्यामन्दिरलाई ७-० गोल अन्तरले पराजित गराएको थियो १ छात्र तर्फकै दोस्रो खेलमा न्यू एभरेष्टले ३-२ विद्यामन्दिर माविलाई स्तब्ध बनायो ।
त्यसैगरी छात्रा तर्फ भएको खेलमा चिल्ड्रेन लाइफ बोडिङ स्कुलले जितको सुरुवात गरेको छ ।
आयोजक आदर्शलाई १-० लाई हराउँदै जितको शुरुवात गरेको हो । चिल्ड्रेन लाईफ स्कुलका श्रेया नेपालीले दोस्रो हाफको अन्तिम समयमा गोल १-० गोल हानेर विजयीको सुरुवात गरेकी थिईन ।
प्रतियोगितामा छात्रा तर्फ १८ टिमको सहभागिता रहेको छ भने छात्रा तर्फ ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामार्फत स्थानीय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखिएको क्लबले जनाएको छ।
उद्घाटन समारोहमा विद्यार्थीहरु, जनप्रतिनिधि, खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुने र विजेता तथा उपविजेता टोलीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता सञ्चालन गर्न रु १२ लाख ३२ हजार सात सय ५० खर्च लाग्ने आयोजकले जनाएको छ ।
तस्बिर : पिपुल्सखबरबाट













































































































































































































