७ जेष्ठ २०८१, सोमबार

 

एकै दिन ३५ वटा फोटो विक्री

बागलुङ महोत्सवको विशेष आकर्षणको रूपमा रहेको फोटो प्रदर्शनीको पाँचौ दिनमा ३५ वटा फोटो विक्री भएको छ । पश्चिम प्याराडाइज नाम दिइएको उक्त प्रदर्शनीमा राखिएको फोटो मध्य २० वटा फोटो होटल दि राजनका प्रो एन्जेल शाक्यले खरिद गरेको फोटो प्रदर्शनी उप–समितिका संयोजक अर्जुन चोखालले जानकारी दिए ।

फोटो उत्पादन लागतमा थोरै नाफा राखेर विक्री मूल्य राखेको र धेरै खरिद गर्नेलाई सुपथ मुल्यमा दिने चोखालले बताए । प्रदर्शनी अवलोकन गर्ने आन्तरिक पर्यटनको व्यापक उपस्थित छ । युवा, व्यवसायी, जनप्रतिनिधि, प्रशासक, राजनीतिकर्मी, सामाजिक अभियन्ता र सर्वसाधारण जनताको उल्लेख्य उपस्थिति रहेको छ ।

मंगलबार मात्र व्यवसायी गगनबहादुर पुन मगर, आरती होटलका प्रो कविता बस्नेत, सिवाईसि सहकारीका अध्यक्ष चण्डी शर्मा, नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेल, होटल सितल पार्टी प्यालेसका प्रो तालबहादुर कुवर, नयाँ विश्व डटकमका सम्पादक निर्मल श्रेष्ठले फोटो खरिद गरेको फोटो प्रदर्शनी उप–समितिका सदस्य तथा फोटो पत्रकार समूह बागलुङको अध्यक्ष मन्जुल शाक्यले जानकारी दिए ।

२० रूपैया तिरेर फोटो अवलोकन गर्नेहरूको संख्या उल्लेख वृद्धिले फोटो सम्बन्धी जनअभिरूचि र फोटोमा कला र संम्भावना खोज्ने पुस्ता बढेको फोटो पत्रकार आर के अदिप्त गिरिले बताए

प्रतिक्रिया दिनुहोस्