२३ असार २०८२, सोमबार

 

डा. केसीलाई हिरासतमै राखिने, बहस भोलिमात्र

अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराएर बयान लिइएको थियो। थुनछेकको बहस हुन नसकेपछि उनलाई प्रहरी हिरासतमै राखिने छ।

केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका थिए। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए। उनले प्रधानन्यायाधीश पराजुलीले भ्रष्टाचार बढाउने काम गरेको बताएका थिए। उनले आफु भ्रष्टाचारविरुद्धको लडाईमा अडिग भएको बयान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung