
मेरी स्टोपको साझेदारी तथा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका विभिन्न क्षेत्रहरुमा भएको परिवार नियोजन तथा भ्यासेक्टोमी सिविर सम्पन्न भएका छन । जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सिविर कुश्मीसेरामा १ दिन, हरिचौरमा २ दिन र बुर्तिवाङमा २ दिन सम्पन्न भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले बताए ।
उनका अनुसार तीनवटा क्षेत्रमा सञ्चालित सिविरबाट ६४ जनाले सेवा लिएको बताए । ‘परिवारका सदस्यहरुको रहर पुगेका दम्पत्तिहरुले स्थायी बन्धाकरण गर्छन ।’ तिवारीले भनेँ, ‘यसबाट परिवारको सुख प्राप्तीमा मद्धत पुग्छ ।’