
काँठेखोला गाउँपालिका–५ बिहुँ काउँलेका शंकरबहादुर दर्जिको लामो समयदेखि दुबै मृगौल फेल भएपछि कसरी उपचार गराउने भन्ने समस्याले सताउन थालेको छ । बैशाखदेखि मृगौलाले काम गर्न छाडेपछि उनी अहिले हस्पिटलमै डायलिसिस गराउदै गरेका छन् । उनको उपचारमा ठूलो खर्च लागेको र उनको आर्थिक अवस्था निकै नै कमजोर रहेकाले मृगैला प्रत्यारोपण गराउने खर्च आफुसँग नभएको श्रीमती डिलकुमारी दमिनीले बताईन ।
आफ्नो श्रीमान को ज्याउन बचाउन सबैलाई सहयोग गर्न उनले सबैमा आग्रह गरेकि छिन । ७ छोरी र एक छोरा रहेका उनको परिवारमा बिहान बेलुका अरु को काम गरि छाँक टारेका शंकर उनी नै थला परेपछि कसरी छाक टार्ने भन्ने समस्याले पिरालो छ । त्रिवि शिक्षण अस्पताल पोखरामा उपचार गराईरहेका उनी त्यहाँ उपचार हुन नसकेपछि टिचिङ्ग हस्पिटल महराजगंज काठमाण्डौ लगिएको र अहिलेसम्म ३ लाख भन्दा बढी खर्च भईसकेको उनका भाई मनबहादुर दर्जिले जानकारी दिए ।
दर्जिले भने ‘प्रत्यारोपण गर्ने कुरा त कसरी गर्न सकिएला र डायलिसिस गर्न समेत आर्थिक अभाव छ’ । परिवार को आग्रहमा सहयोग गर्न चाहने जो कसैले उनका सहयोगी भरत सापकोटाको हिमालय बैंक बागलुङ को खाता नम्बर ०२९०३७३५८७००१४ मान जम्मा गर्ने सकिने र ९८५११३८२८५ मा सम्पर्क गर्न सकिने छ ।