२३ असार २०८२, सोमबार

 

घर घर बाँडिन्छ पसल पसल बाँडिन्छ

घर घर बाँडिन्छ पसल पसल बाँडिन्छ
मान्छेका सपनाहरु पलपल बाँडिन्छ ।

विचरा किसानहरु आशमा बसेका छन
यसपाली बिऊ बाँडिन्छ मल बाँडिन्छ ।।

देशका लागि श्रीमानले ज्यान दियो भने
राहतमा श्रीमतीलाई कम्बल बाँडिन्छ ।

भो लजाउँदा यसरी खुलेआम नलजाउ
फेरी सबको आँखामा तलतल बाँडिन्छ ।।

आफूसँग त केही छैन बाँडौं भने पनि
कि कविता बाँडिन्छ कि गजल बाँडिन्छ ।।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung