२९ असार २०८२, आईतवार

 

तमानखोलाका ७ सय घरदुरी स्वास्थ्य सेवाको पहुँचमा

तमानखोला गाउँपालिकाको–२ मा सामुदायिक स्वास्थ्य ईकाईको स्थापनासँगै भौगालिक रुपले स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका त्यस क्षेत्रका करिब ७ सय घरदुरी परिवारले स्वास्थ्यसेवाबाट लाभान्वित हुने भएका छन् । आर्थिक वर्ष २०७३/७४ अन्र्तगत स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भईसकेसँगै गाउँपालिकाको आर्थिक सहयोगमा उतm सामुदायिक स्वास्थ्य ईकाईको निर्माण गरीएको हो ।

निर्माण कार्य सम्पन्नसँगै बिहीबार आयोजित स्वाथ्य ईकाईको उद्घाटन गर्दै तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढाले अब जिल्लाकै पछि परेको क्षेत्र तमानखोला गाउँपालिकाको बोङखानी र पहिराका बासिन्दाले स्वास्थय सेवामा प्रत्यक्ष राहत पाउने बताउदै थप आवश्यक जग्गाको उपलब्ध भएमा सुविधा सम्पन्न स्वास्थ्य चौकि नै स्थापना गरेर बर्थिङ सेन्टरको रुपमा अगाडि बढाउने आफुहरुको लक्ष्य रहेको बताए ।

स्थानीयको सक्रियतासँगै तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा थापाका सचिवालय सदस्य प्रताप पौडेल, क्षेत्र नं ३ का सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको पहलमा जिल्ला स्वास्थ्य कार्यालयबाट स्वीकृत भएको बताउदै उनले राज्यले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न आवश्यक पहल गर्नुपर्ने बताउँदै गाउँपालिकाले समेत त्यसका निम्ती आवश्यक भुमिका निर्वाह गर्ने बताए ।

गाउँपालिकाको केन्द्र बोङगादोभामा स्वास्थ्य केन्द्र रहे पनि भौगोलिक तवरले त्यस क्षेत्रका जनतालाई समस्या भईरहेका कारण थप सहजताका निम्ती वडा नम्बर २ मा समेत सामुदायिक स्वास्थ्य ईकाईको स्थापना भएको र हाल १ जना अनमी, १ जना अहेब गरी २ जना कर्मचारी रहेको बोङगादोभान स्वास्थ्य चौकिका प्रमुख राजनकुमार थापाले बताए ।
बिहीबार भएको स्वास्थ्य ईकाई उद्घाटन कार्यक्रममा तमानखोला गाउपालीका कार्यपालीका सदस्य हिरादेबि बिकको अध्यक्षता , गाउँपालिका प्रमुख जोकलाल बुढाको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य झकप्रसाद विकको विशिष्ट अतिथ्यता, गाउँपालिका उप–प्रमुख मानसरी शेरचन, गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत खिमबहादुर विक, तमानखोला गाउँपालिका स्थित जनजागृर्ति माविका श्रोत व्याक्ति बेदबहादुर बुढा, गाउँ कार्यपालिका सदस्य गौमया घर्ति, लिलमाया बिक, नेकपा माओवादी केन्द्रका सुर्य सिर्पाली, नेपाली कांग्रेस तमानखोला गाउँपालिका सम्योजक खगेन्द्रमान पुनको आतिथ्यता रहेको थियो ।

त्यस्तै मंगलादेबि आधारभुत विद्यालयका यमबहादुर थापा, बोङगादोभान स्वास्थ्य चौकि पुर्व ईन्चार्ज टोपबहादुर गुरुङ, बोङगादोभान स्वास्थ्य चौकि प्रमुख राजनकुमार थापा, प्रहरी चौकि बोङगादोभान प्रमुख पदमबहादुर नेपाली, पशु प्राविधिक गुलाब मेहकार, कृर्षि प्राधिकि लिला बुढाथोकि, लगाएत बिभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधी, आमा समुह, लगाएतको आतिथ्यता रहेको कार्यक्रम बेगबहादुर छन्त्यालको स्वागत, शिक्षक देबबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung