१९ असार २०८२, बिहीबार

 

मुटु रोगले छटपटाई रहेका सार्कीलाई सहयोग गरौँ

बडिगाड गाउँपालिका–७ टुनिबोटका ५२ वर्षिय पूर्णबहादुर सार्की विगत २ वर्षदेखि मुटु रोगले छटपटाई रहेका छन् । सार्की गरिब दलित परिवारको भएको कारण उनले उपचार गराउन सकेका छैनन् । उनी केहि समय अगाडि अलिअलि ऋण गरि उपचारको लागि बुर्तिबाङ गएका थिए । बुर्तिबाङ सिटी हस्पिटलमा स्वाथ्य परिक्षण गराएका सार्कीलाई हस्पिटलले यहाँ उपचार हुन सक्दैन काठमाण्डौको गंगलाल हस्पिटलमा जनुपर्छ भने पछि उनलाई आर्थिक अभाव खड्की रहेको छ ।

सार्कीलाई बिहान बेलुकाको छाक टार्न मुस्किल परिरहेको बेला उनलाई मुटु रोगले च्यापे पछि उनलाई चिन्ताले सताई रहेको छ । उनको परिवारमा ३ छोरा र एक श्रीमती रहेको र जेठो छोरा विहे भए पछि श्रीमतीसँग घर परिवार भन्दा टाढा बस्दै आएका छन् । २ छारा साना रहेको कारण उनलाई पारिवारीक सहयोग गर्ने कोही नभएको उनी बताउँ छन् ।“मलाई बाच्ने रहर छ, अब म कसरी बाँचु ? उपचार गराउने पैसा छैन” उनले भने ।

“म गरिब परिवारमा जन्मेको कारण मैले मेरो उपचार गराउन सकेन । मलाई सबैले थोरै थोरै सहयोग गरेर बचाउनुसोस्” उनले अपिल गरे । सार्कीलाई धेरै बाँचेर संसार देख्ने रहर छ । तर उनीसँग उपचार गराउने खर्च छैन । उनको त्यो समस्यालाई हामी सबैले थोरै थोरै सहयोग गर्न सक्छौ । यदि तपाईहरु जोकसैले पूर्णबहादुर सार्कीलाई सहयोग गर्न चानुहुन्छ भने उनको मोबाईल नम्बर ९८०५१८७७०३ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung