
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा नसर्न रोगको रोकथाम सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी अंचल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीले हामीहरूले नियमित स्वास्थ जाँच गर्न जरुरी रहेको जसले गर्दा कसलाई के रोग लागेको छ भन्ने कुरा थाहा हुने बताए । अहिले नसर्ने रोग बढेर गएको छ । यसलाई रोकथाम गर्न आहार विहारमा ध्यान दिन जरुरी रहेको डाक्टर राजभण्डारीले बताए ।
अहिले समाजमा सरुवा रोग भन्दा पनि नसर्न रोग समस्याको रूपमा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपक प्रसाद तिवारीले बताए । पहिला धनीको रोगबाट चिनिने नसर्न रोगले गरिब देशलाई पनि नछोडेको हुदा यसबारे सबै सचेत रहन आवश्यक भएको तिवारीले बताए ।
अहिले विकसित देशमा भन्दा मृत्यु वृद्धिदर अविकसित देशमा बढीरहेको तथ्यांक देखिएको कार्यक्रममा तिवारीले जानकारी गराए । नेपाल सरकार स्वास्थ मन्त्रालयले सन् २०२५ सम्ममा नसर्ने रोगको मृत्यु दर २५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष ले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटाले गरेका थिए ।