३२ असार २०८२, बुधबार

 

मिजार समाजद्धारा क्यान्सर पिडितलाई सहयोग

मिजार समाज म्याग्दीले एक जना क्यान्सर रोगीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नाकमा मासु पलाएर क्यान्सरबाट थलिएका मंगला गाउँपालिका–१ कुहुँका ६५ वर्षिय दुर्गाबहादुर लाम्गादेलाई १० हजार ५ सय रुपैया उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष सुकलाल किसान, सल्लाहकार मनबहादुर चर्माकार, उपाध्यक्ष भविराम किसान, कोषाध्यक्ष कुलबहादुर बोहोरा, सदस्य श्याना नेपाली र दिलगोपाल सिकेले लाम्गाडेका ज्वाई अमृत विश्वकर्मालाई नगद हस्तान्तरण गरेका थिए ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका लाम्गादेको उपचारका लागि ओमकुमारी शान्ति कोष लगायत संघ संस्थाले सहयोग संकलन अभियान चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung