तपाईं जासुसी थ्रिलरको शौखिन हुनुहुन्छ भने एफएसबी अथवा फेडरल सेक्युरिटी सर्भिसका बारेमा तपाईंलाई अवश्य थाहा होला । रुसको सत्तामा भ्लादिमिर पुटिनको पकडलाई एफएसबीसँग जोडेर हेर्न सकिन्छ ।
रुसको खुफिया सेवालाई विश्वमा त्यसको इन्टिलिजेन्स नेटवर्क र चरमपन्थी विरोधी अभियानका लागि प्रख्यात मानिन्छ । तर पूर्व सोभियत सङ्घको खुफिया प्रहरी केजीबीमा यसको जरा भएका कारण एफएसबीलाई आरोप पनि लाग्ने गरेको छ ।
सरकारको सहमतिमा हुने हत्या र राष्ट्रपतिको नजिकको नाताका कारण यसको उद्देश्य र एजेन्डामाथि प्रश्न उठ्छ । आखिर एफएसबले के काम गर्छ भन्ने तर्फ कैयौँ मानिसको ध्यान केन्द्रित भएको छ । यसका केही जवाफ यहाँ छन् ।
फेडरल सेक्युरिटी सर्भिसको गठन १९९५ मा भएको थियो । रुसलाई हुने खतरासँग लड्ने जिम्मेवारी एफएसबीलाई दिएको छ ।
भ्लादिमिर पुटिन सत्तामा आउनुभन्दा पहिलासम्म एफएसबीको चिफ थिए । सङ्गठित अपराध र चरमपन्थीविरुद्ध एफएसबीले विश्वभरीका प्रहरीका सङ्गठनलाई सहयोग गर्छ ।
चेचेन्यामा विखण्डनकारीको विद्रोह विरुद्धको लडाइँमा १९९० र २००० को दशकमा एफएसबीले आफ्नो पूरै शक्ति लगाएको थियो । सोभियत सङ्घबाट अलग हुने कैयौँ देशसँग रुसको सम्बन्ध राम्रो छैन ।
रुसमा पश्चिमा समर्थक आवाज बढी नफैलियोस् भन्ने एफएसबीको एउटा मुख्य काम छ । जस्तो कि, सन् २००३ मा जर्जियामा रोज क्रान्ति र २००४ मा युक्रेनमा ओरेन्ज क्रान्तिका रूपमा भएको थियो ।
एफएसबीको भूमिका
सन् २०१५ मा रुस र इस्टोनिया बीचमा जासुसहरूको साटासाटमा पनि एफएसबीको भूमिका थियो । त्यस घटनाले शितयुद्धका दिनहरूको सम्झना ताजा गराएको थियो । नेटोका सदस्य इस्टोनियाले रुसको जेलमा बन्द आफ्ना जासुसहरूको रिहाइ गराउनका लागि त्यसको सुरक्षा अधिकारीलाई अपहरण गरेको आरोप लगाएको थियो ।
सन् २००२ मा चेचेन्यामा अरब जिहादी कमान्डर खत्तबको हत्या भयो । यसको आरोप पनि एसएसबीलाई लागेको थियो । चेचेन्या कमान्डरले भने कि खत्तबलाई जहरयुक्त पत्र मिलेको थियो । तर एलेक्जेन्डर लिटविनेको हत्या केसमा एफएसबीलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्यायो ।
लिटविनेको हत्या केस
एलेक्जेन्डर लिटविनेको एफएसबीका पूर्वअधिकारी हुन् र उनको नाम पुटिनको प्रमुख आलोचकमा थियो ।
सन् २००६ मा एलेक्जेन्डर लिटविनेको लन्डनमा विष दिएर मारिए । यो जहर रेडियोएक्टिव पदार्थ पोलोनियम थियो । बेलायतले लितविनेको शरण दिएको थियो र रुसमा उनलाई गद्दार भनिन्थ्यो ।
बेलायतमा यसको आधिकारिक जाँच भयो र यसको रिपोर्टमा के भनियो भने लिटविनेकोको हत्याका लागि सम्भवतः पुटिन र एफएसबीका तत्कालीन प्रमुख निकोलाई पात्रुसेवले मन्जुरी दिएका थिए ।
रुसले यी आरोपलाई खारेज गरेको छ र नेसनल हिरोको दर्जा राख्ने सांसद आद्रेई लुगावोईलाई लिटविनेको हत्याको प्रमुख आरोपी भनेको छ । एलेक्जेन्डर लिटविनेले एफएसबीमाथि खुफिया दस्ता चलाएको आरोप लगाएको थियो, जसको काम दुस्मनहरूको हत्या गर्नु थियो ।
लिटविनेकोका अनुसार यस खुफिया दस्ताको टार्गेटमा बोरिस बेरेजोवस्की जस्ता शक्तिशाली मानिस थिए । एलेक्जेन्डर लिटविनेकोको मृत्युको केही वर्षपछि बोरिस बेरेजोवस्कीले २०१३ मा बेलायतमा आत्महत्या गरे ।
लिटविनेको मृत्युको केही हप्ता पहिला नै रुसले एक कानुन बनाएर फेडरल सेक्योरिटी सर्भिसलाई देशभित्र, बाहिर चरमपन्थी र विद्रोहीहरूको विरुद्ध कारवाही गर्ने आदेश दिएको थियो ।
पुटिनका केही प्रमुख विरोधीहरूको रहस्यमय परिस्थितिमा मृत्यु भयो । यसमा केही पत्रकार पनि थिए । यी हत्यामा एफएसबीको हात छ भनियो । तर सरकारको तर्फबाट सधैँ यही भनियो, मर्नेहरूका अरू पनि दुस्मन थिए, जसले यिनीहरूलाई निशाना बनाउन सक्थे ।
एफएसबीमाथि पुस्तक
रुसमा एफएसबीलाई कतिसम्म अधिकार छ भने उसले मानिसहरूलाई अपराध उत्पन गर्नलाई चेतावनी दिन सक्छ ।
आन्द्रेई सोल्दातोव र एरिना बोरोगनले हालै एफएसबीमाथि एउटा पुस्तक लेखका छन् । ना हो ‘द न्यु नोबिलिटी ।’ यस पुस्तकमा आन्द्रेई र एरिनाले पुटिनले एफएसबीको विस्तार गरेका छन् भनेका छन् ।

त्यसका एजेन्ट विशेष अभियानहरूमा विदेश पठाइन्छन् । यसमा खुफिया जानकारी गर्ने काम पनि हुन्छ ।
तर बेलायतको एमआई–६ को रूपमा रुसका लागि विदेशहरूमा खुफिया गतिविधिलाई पूरा गर्ने काम एक्स्टर्नल इन्टिलिजेन्स सर्भिसमाथि थियो । मिलिट्री स्पाई सर्भिसका एजेन्ट पनि विदेशमा खुफिया सूचना सङ्कलन गर्छन् ।
साइबर जासुसी
डाक्ट्रिन अफ इन्फर्मेसन वारफेयरमा एफएसबी रुसका लागि मोर्चा सम्हालेको छ । यसको काम सोसल मिडियामा पब्लिक ओपनियन तयार गर्नु हो ।
अमेरिकाका सरकारी अधिकारीहरूको के ठान्छन् भने रुसले ह्याकिङ र गलत जानकारी फैलाएर २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित गर्ने कोसिस गरेको थियो ।
मार्च २०१७ मा अमेरिकाले एफएसबीका दुई जना अफिसरलाई याहु एकाउन्टस ह्याक गर्ने र लाखौँ मानिससँग जोडिएका डाटा चोरी गर्ने आरोप लगायो । एफएसबीका यी अधिकारी थिए डिमित्री डोकुचाएव र इगोल सुसचिन । एफएसबीलाई इन्टरनेटमा निगरानी गर्न कानुनी हक छ ।
आन्द्रेई सोल्दातोवको भनाइअनुसार रुसमा टेलिकम सर्भिस दिने कम्पनीहरूले एफएसबीलाई आफ्नो नेटर्कमा सीधा पहुँच दिनुपर्छ ।

पुटिनसँग नजिक
सेन्ट्रल मस्को एफएसबीको केन्द्रीय कार्यालय लुबियङका हो । यो भवन एफएसबीको शक्तिको प्रतीक हो । सोभियत सङ्घको समयमा केजीबी यस भवनमा राजनीतिक कैदीहरूसँग सोधपुछ गथ्र्यो ।
एफएसबीका चिफ एलेक्जेन्डर बोर्तनिकोव सीधा राष्ट्रपति पुटिनसँग मात्र जवाफदेही हुन्छ । सन् २००० मा एफएसबीका तल्कालीन चिफ निकोलाई पात्रुसेवले एफएसबी एजेन्टलाई ‘मर्डन नोबल’अथवा आधुनिक भद्र मानिस भनियो ।
राष्ट्रपति बनेपछि पुटिनले सेन्ट पिटर्सबर्गका पुराना जासुसहरूको पदोन्ति गरिदिए ।

रुसका प्रमुख समाजशास्त्री ओल्गा क्रिस्तानोभस्काया भन्छिन्, ‘हामी पुटिनको नेतृत्वमा केजीबीको पुराना शक्तिलाई फेरि बहाल भइरहेको देखिरहेका छौँ । पुटिन जब पहिलो पटक राष्ट्रपति बनेका थिए, उनको टिममा धेरैजसो सिलोविकी अथवा पुराना जासुस थिए ।’
रुसको क्रिमियामाथि कब्जा गर्दा रिसाएका युरोपियन युनिन र संयुक्त राष्ट्रले तत्कालका लागि बोर्तनिकोभ लगायत धेरै एलिट जासुसहरूमाथि प्रतिबन्ध लगाएको छ ।
सन् १९९० मा जब विदेशी व्यापारको कमान पुटिनको हातमा थियो, त्यो समयमा उनका पुराना सहयोगी अपराधमा सहभागी भएको पाइयो । यसको जानकारी अमेरिकी रिसर्चर केरेन डाविसाको पुस्तक ‘पुटिन क्लेस्टोक्रेसी’मा छ ।
यो आरोप लित्विेनको इक्वायरी र रुसी माफियासँग सम्बन्धित एम प्रमुख स्पेनिस जाचमा बाहिर आएको छ ।
स्पेनिस वकिल जोस गिन्डाले अमेरिकी अधिकारीहरूलाई एफएसबीले रुसमा अर्गनाइज्ड क्राइमलाई कन्ट्रोल गरिरहेको छ भनेका थिए । बीबीसीबाट

































































































































































































