पबित्र सर्बसिद्धिधाम निर्माण कार्यमा सहभागी बनाै यही फागुन ९ गते देखि १५ गतेसम्म हुने श्रीमद्भागवत महायज्ञ सफल पाराै भन्ने मुल नारा यतिबेला सबैकाे कानमा गुन्जीरहेकाे छ ।साच्चै अहिले फेरि बागलुङ नगरपालिका वडा नम्बर ६ मा रहेको सर्बसिद्धिधाम पन्चकाेट फेरि एकपटक चर्चामा अाएकाे छ ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले अाफ्नाे जन्मथलाे लाई बिश्व समुदायमाझ चिनाउन र बागलुङकाे पन्चकाेट लाई धार्मिक पर्यटन केन्द्र बनाउने अभियानकाे शुरूवात गरेदेखि नै बागलुङको पन्चकाेट चर्चामा अाउन थालेको हाे ।
पन्चकाेटमा १०८ फिट अग्लो बिश्वशान्ति कलश बनाउने अभियानकाे शुरूवात ठूलो तामझाम का साथ नेपालका प्रमुख राजनीति नेतृत्व देखि हजारौं सर्बसाधारणले एकै समयमा शिलान्यास गरेर यसको काम अगाडि बढाइएको थियो ।अहिले
पन्चकाेटमा अरू धार्मिक संरचना निर्माण गर्ने कार्यले पनि तिब्रता पाइरहेको छ ।पन्चकाेटमा सबै संरचना निर्माण गर्न २ सय कराेड भन्दाबढी खर्च लाग्ने अनुमान गरिएको छ साच्चै यतिबेला बागलुङबासीकाे मात्रै चर्चा र चासोको बिषय नबनेर देशै भरि बिदेशमा समेत यसले अाफ्नाे प्रभाव देखाउन सफल भएको छ ।
यसलाई सफल बनाउन हजारौं ब्यक्ति २५ हजार ५ सय रूपैयाँ तिरेर संस्थापक सदस्य बनेर लागि परेका छन् ।
अहिले सबैभन्दा बढी पर्यटन लाई जिल्लामा तान्न त्यति सजिलो पनि छैन अहिले धार्मिक रूपमा बनाइएको केन्द्रले जिल्लामा पर्यटन भित्र्याउने काम गरेको छ ।अहिले काठमाडौकाे पशुपतिनाथ पाेखराकाे बिन्दुबासिनी गाेर्खाकाे मनकामना मुस्ताङकाे मुक्तिनाथ बागलुङको कालिका भगवती लुम्बिनी लगायतका क्षेत्रले दैनिक रूपमा हजारौं पर्यटक भित्र्याउन सफल मात्रै भएको छैन त्यसले प्रत्यक्ष रूपमा त्यो ठाउँमा अार्थिक लाभ गराउन समेत सफल भएको देखिन्छ ।
अहिले बिदेशी भन्दापनी स्वदेशी पर्यटकले अध्ययन अबलोकन भ्रमण गर्ने चलन बढेको छ कृषि सहकारी शैक्षिक भ्रमण लगायत थुप्रै खालको भ्रमणकाे लागि पनि हामी संग राम्रो गन्तव्य हुन जरुरी छ ।
अहिले साच्चै भन्नुपर्दा बागलुङकाे सर्बसिद्धिधाम पन्चकाेट सबै खालको पर्यटककाे लागि अार्कषक गन्तव्य हाे भन्ने कुरा साबित भइसकेको छ ।अहिले पनि दिनमा सयौं पर्यटकले पन्चकाेटकाे भ्रमण गरिरहेकाे छ ।पन्चकाेट मुल अायाेजक समितिले अहिले चाैथाे पटक गर्न लागेको श्रीमद्भागवत धनधान्यान्चल महायज्ञले पन्चकाेटमा बन्न लागेको १०८ फिट अग्लो बिश्व शान्ति कलश लाई सम्झाउने काम पनि गरिरहेकाे छ ।यसले पनि ७ दिनसम्म पन्चककाेटमा हजारौं हिन्दु धर्मावलम्बी र अन्य धर्मावलम्बीहरू समेत गएर यसलाई सफल बनाउने छन् ।सदरमुकाम देखि नजिकै रहेको रमणीय अाकर्षक थलो लाई बिश्वकै सुन्दर धार्मिक पर्यटकीय गन्तव्य स्थलकाे रूपमा बिकास गर्ने याेजनाबद्ध कार्यक्रममा स्वामी कमलनयनाचार्य लागि परिरहेका छन् ।साच्चै अहिले सरकारले गर्ने काम र बिकास अहिले एकजना स्वामीले गरिरहेका छन् जसलाई सकारात्मक सन्देशकाे रूपमा लिन जरुरी छ ।
अहिले जसरी जाेगी सन्यासी अाफ्नाे ठाउँकाे बिकासकाे लागि जुन नयाँ अबधारणा ल्याएर नयाँ तरङ्ग पैदा गरेका छन् यसलाई हाम्रो स्थानीय तह नेपाल सरकारले सामाजिक रूपमा संस्थागत बनाउन लगाइ यसमा बजेट बिनियाेजन गर्न जरुरी छ ।
प्रदेश नम्बर ४ कै राम्रो पर्यटकीय गन्तव्यकाे रूपमा बिकास हुदै गइरहेको पन्चकाेट यतिबेला सबैकाे सहयोग र समर्थनकाे पर्खाइमा बसिरहेको देखिन्छ ।अहिले निर्माण सम्पन्न भएको हनुमान जी काे मुर्ति शिश महलले पर्यटकलाई तान्न सफल मात्रै भएको छैन दैनिक रूपमा अाम्दानी समेत गरिरहेकाे छ । दैनिक रूपमा टिकट काटेर शिश महल भित्र प्रबेश गर्ने एउटा लहरै चलेको छ यसले पनि अहिलेका युवा युवती लाई यसले थप अाकर्षण गरेको देखिन्छ ।अहिले हुने पन्चकाेट महायज्ञमा पनि शिश महलले राम्रो अाम्दानी गर्न सफल हुने देखिन्छ ।
अहिले धार्मिक नाममा पैसा उठाउने सजिलो माध्यम भनेको धनधान्यान्चल महायज्ञ नै भएको छ नेपालीहरू लाई धर्म प्रति अास्था छ धर्मको नाममा मान्छेले हजारौं हैन लाखौं रूपैयाँ चन्दा सहयोग गरिरहेका छन् ।यसलाई सकारात्मक रूपमा हेर्न जरुरी छ नेपालका प्रखर पुराण बाचक स्व नारायण पाेखरेलले अाध्यात्मिक चिन्तन भाैतिक बिकास भन्ने नारा अगाडि सारेका थिए हाे त्यहीँ सिद्धान्त अनुसार काम पनि नभएको हैन भएको छ ।अहिले बागलुङको पन्चकाेटमा प्रत्येक बर्षकाे एकचोटि पन्चकाेट महायज्ञ लगाउने जुन काम गर्दैछ यसले समाजमा केही नकारात्मक सकारात्मक दिन्छ कि भन्ने पनि नसुनिएकाे हैन तर यसपटक समितिले नयाँ नारा ल्याएको छ नयाँ सदस्य नबनेकाहरू लाई पन्चकाेटकाे संस्थागत सदस्य बनेर सहयोग गर्न अपिल गरेको छ यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
अहिले मुलुकमा रास्ट्रबादी नेता केपी शर्मा अाेली देशको प्रधानमन्त्री बनेका छन् जसले पन्चकाेटकाे शिलान्यास समाराेहमा अाएर २५ हजार ५ सय सहयोग प्रदान गरेर संस्थापक सदस्य बनेका थिए ।अहिले देशको कार्यकारी निकायमा पुगेका छन् बागलुङ जिल्लामा केही महिना अगाडि अाउदा समेत बागलुङको भबिस्य पन्चकाेटमा भएको यसलाई सबैले सहयोग गर्न जरुरी रहेको धारणा राख्ने अाेली सरकार प्रमुख हुनुलाई बागलुङबासीले
सुखद रूपमा लिएका छन् ।अब यसलाई सरकारी स्तरबाट हुने सबै खालको सहयोग र समर्थन जुटाउन अब मद्दत पुग्ने देखिन्छ ।
अहिले हामी संग स्थानीय तह छ १५ जना प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू छन् साच्चै सबै एकजुट भएर लाग्ने हाे भने बिकास गर्न धेरै समय लाग्दैन ।बागलुङ सदरमुकाममा पाेखरा बागलुङ राजमार्ग कालिगडकि लाेकमार्ग बनिसकेको छ अहिले बागलुङ काठमाडौ हवाई सेवा समेत शुरूवात हुन गइरहेको छ यो सबै पर्यटक भित्र्याउनकाे लागि राम्रो बाताबरण बन्दै गइरहेकाे छ ।
फागुन ९ गते देखि १५ गतेसम्म हुने पन्चकाेट महायज्ञमा सबै बागलुङ बासी धाैलागिरिबासि मात्रै हैन बागलुङ लाई माया गर्ने पन्चकाेटकाे बिकास चाहने सबै समय मिलाएर उपस्थित भइ यसलाई भब्य र सभ्भ रूपमा सफल पाराै
जय श्री मुक्तिनाथ ।

































































































































































































