१८ भाद्र २०८३, बिहीबार

 

नेवार जातीको विकासको लागि काम गर्छु – खड्का

बागलुङको नेवार जातीको हक हितको लागि मिलेर काम गर्ने बागलुङ नगरपालिकाको उपमेयर सुरेन्द्र खड्काले बताए । नेपाल भाषा मंकाः खलको नव निर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा खड्काले बताएका हुन ।

उक्त अवसरमा नेपाल भाषाः मंका खलका सल्लाहकार देवबहादुर श्रेष्ठ ,शैलेन्द्र कुमार श्रेष्ठ ,बसन्त कुमार श्रेष्ठ ,नेवा मिसा दबुको उपाध्यक्ष लक्ष्मी शाक्य ,नेपाल भाषा मंका ः खलका निर्वतमान अध्यक्ष काजी गाउले श्रेष्ठ ,खलका संस्थापक संयोजक प्रेम छोटाले शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोविन्द वझाले नव निर्वाचित कार्य समितिको नाम घोषणा गरेका थिए भने प्रमाण पत्र प्रमुख अतिथि उपमेयर सुरेन्द्र खड्काले वितरण गरेको थियो । पदस्थापन कार्यकम खलको अध्यक्ष मुकेश राजभण्डारीको अध्यक्षता ,स्वागत उपाध्यक्ष काजी रोशन र संचालन सचिव सुदिप राजभण्डारीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung