२० असार २०८२, शुक्रबार

 

पक्षघात पीडितलाई सातलाख बढी रकम सहयोग

विगत ५ महिना देखि पक्षघातबाट पीडित बानपा ९ तित्याङका चित्र बहादुर खड्कालाई स्वदेस तथा विदेशमा रहने नेपालीहरुवाट संकलीत ७ लाख ९६ हजार ३ सय ६१ रुपौया रहात रकम हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको खड्काको उपचारमा तथा उहाँद्वारा आश्रीत वालवालिकाको शिक्षामा सहयोग पु¥याउने उदेश्यले सहयोग रकम प्रदान गरेको बताईएको छ । बागलुङ जिल्ला घर भई हाल विभिन्न देश तथा नेपालमा काम गर्दै आउनु भएकाहरुवाट उक्त रकम उठाइ परिवारलाई एक कार्यक्रमको आयोजना गरी हस्तानतरण गरिएको हो ।
उक्त रकम मध्ये जापानबाट २ लाख २२ हजार २८ रुपैया, मलेशियाबाट ३२ हजार २ सय ८५, अमेरिका ८९ हजार ५ सय ५८, नेपालका विभिन्न व्यक्तिहरुवाट १ लाख ८८ हजार २ सय ९०, माल्दिप्सबाट ६४ हजार २ सय, नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव तित्याङ निवासी बुद्धि बहादुर खड्काबाट २ लाख रुपयाँ संकलन भएको थियो ।
पक्षघातबाट पीडित चित्र बहादुर खड्काका तीन छोरी र एक छोरा रहेका छन् । उपचार पछि बाकि रहेको ५ लाख रुपैया बालवालिकाको शिक्षाको निमित्त नवरत्न बहुउदेश्यीय सहकारी संस्थामा राखिएको समाजसेवी राम बहादुर खड्काले बताए ।
पीडित खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार पछी घरमै ल्याइएको परिवारले जनाएको छ । राहत हस्तान्तरण कार्याक्रम खड्का समाज सिगाना तित्याङका अध्यक्ष महेन्द्र खड्काको अध्यक्षता, बल बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung