२९ असार २०८२, आईतवार

 

प्रदेश नम्बर ४ का युवा सांसदहरुलाई बागलुङमा सम्मान

प्रदेश नम्बर ४ का युवा सांसदहरुलाई बागलुङमा सम्मान गरिएको छ । एशोशिएशन अफ युथ अर्गनाईजेशन नेपालले बागलुङका प्रदेशसभा सांसद दिपा रोका, साबित्रा राना र म्याग्दीका प्रदेश सांसद बिनोद केसीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै सांसद विनोद केसीले केसीले प्रदेश नम्बर ४ भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि राज्यको ध्यान केन्द्रित गर्न आफुहरु सक्दो प्रयास गर्ने बताएका छन । उहाले यस क्षेत्रमा रहेका विभिन्न जलविद्युतहरुलाई प्रबद्र्धन गर्न सके उज्यालो प्रदेश बनाउने अभियान सफल हुने विश्वास व्यक्त गरे । यस्तै सांसद सावित्रा रानाले युवाहरुलाई स्वरोजगार बनाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । उहाले पशुपालन तथा उत्पादनमुखी काम गरेर पनि रोजगार प्राप्त गर्न सकिने भएकाले सबै कामलाई समान रुपले हेर्नुपर्ने बताए । यस्तै सांसद दिपा रोकाले महिलाहरु पछिल्लो समय विभिन्न आयमुलक क्षेत्रमा क्रियाशिल देखिएकाले महिलाहरुलाई नेतृत्व तह सम्म पु¥याउनुपर्ने भनाई राखेका थिए । रोकाले युवाहरुलाई पलायन हुनबाट रोक्नका लागि स्वरोजगार सम्बन्धि कार्यक्रम तथा अनुदान प्रदान गर्न आवश्यक रहेको बताए ।

सोही अवसरमा आयोन नेपालले ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ भन्ने अभियानमा आर्थिक रकम सहयोग गरेको छ । संस्थाका अध्यक्ष हिमाल महतले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषलाई नगद ५ हजार रुपैँया सहयोग गरेका थिए । यस्तै कँडेल एशोशिएशनका नारायण कँडेलले पत्रकार महासंघको भवन निर्माणका लागि नगद ५ हजार रुपैँया हस्तान्तरण गरेका थिए । कार्यक्रममा गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम आयोन नेपालका हिमाल महतको अध्यक्षता, जिल्ला युवा समितिका सभापति बिष्णु पौडेलको स्वागत मन्तव्य र आयोन नेपालका नारायण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung