२९ असार २०८२, आईतवार

 

बागलुङमा क्रिकेट विकास समिति गठन सम्पन्न

क्रिकेट खेलको विकास र संरक्षणका लागि क्रिकेट खेलमा आस्था राख्ने व्यक्तिहरुको भेलाले सो समित गठन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिको कार्यलयमा भएको खेल प्रेमीहरुको भेलाले विष्णु प्रसाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय बागलुङ क्रिकेट विकास समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा रोशन खड्का ,सचिवमा फणिन्द्र खड्का ,कोषाध्यक्षमा दिपेन्द्र खड्का रहेका छन् । समितिको सदस्यमा रामु खड्का ,डिलवहादुर केसी र कमल पन्त रहेका छन् । समितिको सल्लाहकारमा गरिमा आवसिय माविका प्रिन्सीपल श्यामप्रसाद शर्मा रहेका छन् । सो अवसरमा वोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर परियारले खेल क्षेत्रको विकासको लागी भएको प्रयासलाई सार्थक वनाउन आग्रह गर्ने खेलकुद विकास समितिको पुर्ण साथ रहने भनेका छन् ।
समितिले आगामी वैशाख भित्र जिल्ला क्रिकेट संघ बागलुङ गठन गर्न पहल गर्ने भएको छ । समितले क्षेत्रिय क्रिकेट संघ पोखरा तथा अन्य प्रदेश संग समन्वय गरी नया खेलाडी उत्पाद गर्ने र पुरना खेलाडीहरुको अभ्यास अभिवृद्धि गर्ने तथा क्रिकेट क्लवहरुको संरक्षण तथा जागरुक वनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung