३२ असार २०८२, बुधबार

 

सहकारीलाई प्रभावकारी बनाउन ऐन नियम पालना गरौ ः जिसी

- भू.पू.सैनिक सहकारीमा सहकारी ऐन सम्बन्धी सचेतना

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार स्तम्भका रुपमा कायम गर्नका लागि यसका मूल्य मान्यता र सिद्धान्तको परिपालनामा जोड दिएका छन् ।
भू.पू.सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा संस्थाका सञ्चालक, सल्लाहकार लगायत विभिन्न उपसमितिका सदस्य, शेयर सदस्यहरु र कर्मचारीका लागि मंगलवार आयोजना गरिएको एक दिने सहकारी सचेतना कार्यक्रममा उनले यस्तो बताएका छन् ।
सहकारी ऐन २०७४ सम्बन्धी कार्यक्रममा सहजीकरण गर्दै उनले सहकारी ऐनले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यलाई जिम्मेवार भएर आर्थिक लगायत कारोबार गर्न तथा सहकारीको मर्म र भावना अनुसार अगाडि बढ्न प्रेरित गरेको बताए ।
सहकारी ऐन पूर्ण रुपमा सहकारी मैत्री छैन, यद्यपी यसले सहकारी अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले सकारात्मक विषयहरुलाई कार्यान्वयन गर्दै परिमार्जन गर्ने विषयलाई समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा संस्थाको वर्तमान अवस्था, आगामी कार्ययोजना लगायतका विषयमा संस्थका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीले जानकारी गराएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षता, ऋण उपसमितिका संयोजक खर्कबहादुर रोकाको स्वागत र सचिव कोषाध्यक्ष नरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, शेयर सदस्य र कर्मचारी सहित १ सय २० जनाको सहभागिता रहको थियो ।
सेनाबाट निवृत भएका र सेना कार्यरतहरुका परिवारका सदस्यहरु शेयर सदस्य रहेको भू.पू. सैनिक सहकारीमा ३ सय ५० जना शेयर सदस्य, १ करोड शेयर रकम, ३ करोड बचत र ४ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक अञ्जु खड्का केसीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung