अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे १० अाैं साधारण सभा तथा अधिबेशन बागलुङमा सम्पन्न भएको छ । साधारण सभामा सहकारीका सम्पुर्ण शेयर सदस्यहरु तथा बिशिष्ठ ब्यक्तिहरुकाे सहभागितामा संस्थाकाे १० अाैँ साधारणसभा सम्पन्न गरिएको हाे साधारणसभामा संस्थाकी अध्यक्ष एवम् निर्तमान सहकारि राज्यमन्त्रि चम्पा खड्काले दिप प्रज्वलन गरि उद्घाटन गरेकी थिईन । कार्यक्रममा बाेल्दै सहकारीका लागि नया नीतिनिय लागू गर्ने अाफु पहिले देखि नै पहलकदमी गरेकाे बताउदै अब त्यसकाे जिम्मेवारी नयाँ सरकारले लिनु पर्ने बताईन । 
थप बाेल्दै यस महिला सहकारी लाई अगाडि बडाउन सक्रिय रुपमा सहयाेग एवम् याेगदान गर्ने प्रतिबद्दता व्यक्त गरिन । सत्कर्म नेपालका समाजिक अभियान्ता एव सहकारीका सल्लाहाकार सिताराम थापाले बाेल्दै सहकारी लाई अब राज्यले प्रमुख प्राथामिकता दिनु पर्ने भन्दै तीन खम्बे नयाँ नीति अनुसार नमुना महिला सहकारी बनाउनुपर्ने बताए । सभामा संस्थापक अध्यक्ष बिमला साप्काेटा, बागलुङ नगरपालिका कार्यपालिकाकी सदस्य लक्ष्मि बाेहाेरा लगायतले कार्यक्रममा बाेल्नु भएको थियाे ।
१० अाै साधारणसभा तथा अधिबेशनले ११ सदस्य रहने गरि नयाँ समिति गठन गरिएकाे छ। जस्काे अध्यक्षमा कल्पना चालिसे, उपाध्यक्ष लिलावति के. सि. सचिब ज्ञानुदेबि थापा मगर, काेषाध्यक्ष पम्फा किसान, सदस्यहरु राजेश्वरी श्रेष्ठ, अनुजा साक्य, पार्वति राेका, संगिता बाेहाेरा, नुनुमाया थापा मगर चयन भएका छन। सल्लाहाकारमा सांसद ज्ञान कुमारी छन्त्याल, चम्पा खड्का, सिताराम थापा रहेका छन ।
कार्यक्रममा संस्थाकी नि बर्तमान अध्यक्ष चम्पा देवी खड्काकाे अध्यक्षता, सदस्य कल्पना चालिसेकाे स्वागत र ज्ञानु थापाकाे संचालनमा सम्पन्न भएकाे थियाे ।













































































































































































































