३२ असार २०८२, बुधबार

 

अञ्चल अस्पतालमा दरवन्दी अनुसारका डाक्टर नहुदा सेवा प्रभावित

बागलुङ अस्पतालको स्तरोन्नतिपछि बनेको धौलागिरि अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको छ ।
स्वास्थ्य मन्त्रालयले विशेषज्ञ सहित २१ जना डाक्टरको दरबन्दी कायम गरे पनि अहिले जम्मा छ जना डाक्टर मात्र यहाँ सेवारत छन् । अञ्चल अस्पताल घोषणा लगत्तै प्रविधि, उपकरण र सेवाको गुणस्तरमा केहि वृद्धि भएपनि भवन निर्माणमा ढिलाई तथा आवश्यक डक्टरहरुको अभावमा अञ्चल अस्पताल पुरानै अवस्थामा छ । करोडौँको लागतमा अत्याधुनिक भवन समयमै सम्पन्न नहुनु तथा दरवन्दी अनुसार डाक्टर अस्पतालमा नहुनाले ‘रिफरल सेन्टर’ बनेको जन गुनासो छ । १५ जना विशेषज्ञ सहित ६ जना मेडिकल अधिकृत हुनु पर्ने अस्पतालमा अहिले मुस्किलले ३ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृतले अस्पताल धान्नु परेको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन डा. सागर कुमार राजभण्डारीले बताए ।

 

मन्त्रालयले तोके अनुसारका डाक्टर नहुँदा जटिल रोग लागेका बिरामीलाई उपचारका लागि काठमाडौँ र पोखरा पठाउनुपर्ने बाध्यता छ ।
पटक–पटक यस विषयमा मन्त्रालयको ध्यानाकर्षण गरेको भएपनि हाल सम्म दरवन्दी परिपुर्ति गर्ने तर्फ कसैको ध्यान जान नसकेको अस्पतालले बताएको छ । अन्यत्र ठूला सहरमा सरकारी अस्पतालसँगै निजीमा काम गर्ने अवसर बागलुङमा कम भएकाले पनि डाक्टरहरु यहाँ बस्न अरुची देखाउने गरेको कतिपयको बुझाइ रहेको छ ।
२०६७ सालमा शिलन्यास भएको अञ्चल अस्पतालको अत्याधुनिक भवन ७ वर्ष विति सक्दा पनि पुरा हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको वेवास्थाका कारण अस्पतालमा आवश्यक दरवन्दी परिपुर्ति हुन सकेको छैन भने ठेकेदारको चरम लापरवार्हीका कारण भवन निर्माण सम्पन्न नभएको अञ्चल अस्पताल बागलुङ जनाएको छ ।
पछिल्लो समय स्वास्थ्य विमा प्रभावकारी हुदा अञ्चल अस्पतालमा विरामीको चाप ह्वातै बढेको छ तर आवश्यक चिकित्सकहरु नहुदा एउटै डक्टरले सयौ विरामीको उपचार गर्नु पर्ने अवस्था सृजना भएको छ । अस्पतालले आधारभूत सेवा बाहेक सर्जिकल, अल्टासाउण्ड, अर्थोपेडीक, ट्रमा युनिट, फिजियो थेरापी सेवा र फार्मेसी सेवा प्रदान गरिरहेको छ । अहिले अस्पतालले ए व्लकवाट सेवा दिइरहेको छ भने बी र सी ब्लके निर्माणधीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung