२४ असार २०८२, मंगलवार

 

माओवादी जबसको सुझाब, ‘एमालेसँगको एकता सम्मानजनक होस’

नेकपा माओवादी केन्द्र बागलुङको जनबर्गीय संगठनको संयुक्त बैठक बागलुङ बजारमा सम्पन्न भएको छ । बैठकमा पार्टीको युवा, महिला, दलित, शिक्षक विद्यार्थी पत्रकार लगायत एक दर्जन बढी जनबर्गीय संगठनका जिल्ला पदाधिकारी सहभागि थिए ।
बैठकमा नेकपा एमालेसँगको पार्टी एकता तयारी, पछिल्लो समसामयिक अवस्था, पार्टी जिल्ला सचिवालयको पछिल्लो बैठकले गरेका निर्णय र परिपत्रबारे छलफलसँगै जनबर्गीय संगठनका प्रमुखले आफ्नो संगठनको गतिविधिबारे रिपोर्टङ गरेका थिए ।
बैठकमा पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल र क्रियाशिल सबै जनबर्गीय संगठनको रिपोर्टिङ लिईएको माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले जानकारी दिए ।
जनबर्गीय संगठनका प्रमुखहरुले आफ्नो संगठनको गतिविधि, अवस्था लगायतका विषयमा जानकारी गराउँदै एमालेसँगेको पार्टी एकतालाई सम्मानजनक बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले माओवादी आन्दोलनले स्थापित गरेका मान्यता र उपलब्धिलाई एकताबद्ध पार्टीमा समेत समेट्नुपर्ने सुझाव दिए ।
बैठकमा पार्टीका बागलुङ जिल्ला ईञ्चार्ज फमलाल निउरेले पार्टी एकताको विषयलाई आफ्नो संगठन र माताहतका समितिमा सकारात्मक सन्देशको रुपमा संप्रेषण गर्न भन्दै एकताका लागि तयार रहन निर्देशन दिए ।
उनले पार्टीको जिल्ला सचिवालय बैठकले दशवटै स्थानीय तहमा पार्टी कमिटी र जनबर्गीय संठनको संयुक्त बैठक गर्ने निर्णय गरेको जानकारी गराउँदै सम्बन्धित कमिटिलाई बैठकमा सहभागी गराउन आग्रह गरे ।
माओवादी केन्द्रको यसअघि बसेको जिल्ला सचिवालयको बैठकले यहि चैत १६ गतेदेखि २५ गतेसम्म दशवटै स्थानीय तहमा पार्टीको संयुक्त बैठक गर्ने निर्णय गरेको उनले बताए ।
संयुक्त बैठक चैत १६ गते ताराखोला गाउँपालिकाबाट सुरु भएर २५ गते बरेङ गाउँपालिकामा पुगेपछि पुरा हुनेछ । चैत १७ गते गलकोट नगरपालिका, १८ गते निसीखोला गाउँपालिका, १९ गते तमानखोला गाउँपालिका र २० गते ढोरपाटन नगरपालिकामा हुनेछ । त्यस्तै बडिगाड गाउँपालिकामा चैत २१ गते, काँठेखोला गाउँपालिकामा २२ गते, बागलुङ नगरपालिकामा २३ गते र जैमीनि नगरपालिकामा २४ गते संयुक्त बैठक हुने माओवादी केन्द्र बागलुङले जनाएको छ । बैठकमा जिल्ला कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरले परिपत्र वाचन गरेका थिए । उनले पार्टी सदस्य तथा सम्बन्धित कमिटिका सदस्यलाई लेबि बुझाउन आग्रह गरे ।
बैठक जिल्ला ईञ्चार्ज फमलाल निउरेको अध्यक्षता र संयोजक ज्ञामनाथ गैरै अनिलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung