२८ बैशाख २०८१, शुक्रबार

 

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

 अन्नपूर्ण गाउँपालिका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ ।
निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावित क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राविधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् ।

घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन गरीएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा प्रभावित क्षेत्रमा रहेका पानीका मुहानमा पर्ने सम्भावित असर, असर न्युनीकरणका उपाय र खानेपानी आपुर्तीको विकल्पको लागि योजना बनाउन अध्ययन गरिएको बरुवालले बताए ।

घारमा खानेपानी आपुर्ती हुने गाडापानी, दगुर्नीपानी, मुलपानी, चिसापधेरा, प्रगेनीपानी र आलको मुहानको अध्ययन अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मुहानहरुमा हाल पानीको स्रोतको मात्रा र अवस्थाको तथ्याङ्क संकलन गरिएको छ । म्याग्दी हाईड्रोपावर लिमीटेडले १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको शिख र घारको सिमानामा पर्ने कुरीलाबगरमा बाँध बनाएर पोखरेबगरमा बनाइने विद्युगृहसम्म पानी ल्याउन सुरुङ निर्माणको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्