
बागलुङ वासीको चाहना(स्वदेशमा समृद्धिको कामना भन्ने मुल नाराका साथ बागलुङ सेवा समाज दोहा कतारले दशौ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम मार्च ३० मा सम्पन्न गरेको छ ।
उद्घाटन कार्यममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राजदुतावासका उप प्रमुख मणिभद्र शर्माले कतारमा नेपालीको समस्यालाई शिघ्र सहयोग गरिरहेको बताउदै फेसबुक मार्फत पनि जानकारि लिन सकिने बताए।
दशौ अधीवेशनले सागर पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चुनेको छ । समितिमा प्रथम उपाध्यक्ष नगेन्द्र ब पौडेल, दृतिय उपाध्यक्ष छम परीयार, सचिव टिका कार्की, सह सचिव बाबुराम गैरे, कोषाध्यक्ष सन्तोष पौडेल, सह कोषाध्यक्ष सत्यिकी प्रताप सिह, सदस्यहरु घनश्याम तीवारी, उमानन्द शर्मा ,दीपक सेन्चुरी, टेक रसायली, तिल ब खत्री र बाकी सदस्य कार्य समितिको बैठकले मनोनित गर्ने गरि कार्य समिति तयार गरेको छ । अधिवेशन तथा सांगेतिक कार्यक्रममा राष्ट्रिय कलाकार बसन्त थापा , देविका केसि गुरुङ ,शान्ति श्रि परियार, खगेन्द्र विश्वकर्मा , युवराज छन्त्याल, धनश्याम तिवारी, टेक रसाइली, दिपक सेन्चुरि लगाएतको प्रस्तुतिले मनोरन्जन दिलाएएको थियो ।
कार्यक्रममा बागलुङ सेवा समाजको सल्लाह तथा पुर्व अध्यक्ष बालसिह परियारको मातृसोक प्रति श्रद्धाञ्जली गरेको थियो ।
कार्यक्रम बागलुङ सेवा समाज दोहा कतारका अध्यक्ष चन्द्रकान्त शर्माको अध्यक्षता उपा अध्यक्ष नगेन्द्र पौडेलको स्वागत सागर पौडेल र छम परियारको संचालनमा सम्पन्न भएको थियो ।