२८ बैशाख २०८१, शुक्रबार

 

टे«ड युनियन काँग्रेस बागलुङको अध्यक्षमा पौडेल निर्वाचित ।

नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमितिको अध्यक्षमा ईश्वर ठाकुर पौडेल निर्वाचित भएका छन । आईतबार भएको निर्वाचनमा पौडेलले उनका निकटम प्रतिस्पर्धि भवानी प्रसाद कंडेललाई ८ मतले हराएका थिए । अधिवेशनमा पौडेलले ५० मत प्राप्त गरेका थिए भने कंडेलले ४२ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा कुमार प्रसाद उपाध्याय बिजयी भएका छन । उनका निकटम प्रतिस्पर्धि गणेश पौडेलललाई उपाध्यायले २८ मतले पछि पारेका थिए । उपाध्याय ६० मत प्राप्त गरेका थिए भने पौडेलले ३२ मत प्राप्त गरेका थिए । कुल ९९ मतदाता रहेको निर्वाचनमा ९२ मत खसेको थियो ।
शुक्रबार देखी सुरु भएको अधिवेशनबाट अध्यक्ष र सचिव बाहेकका पदमा सहमति भएको थियो । उपाध्यक्षहरुमा खुल्लातर्फ शिव आचार्य, महिला तर्फ सिता देवी सापकोटा, सेवातर्फ निर्मा श्रीष, उत्पादन तर्फ भोजराज रेग्मी,र अनौपचारिक तर्फ पिङ्गला जि.सी.चयन भएका थिए । त्यस्तै सहसचिमा चन्द्रदत्त रेग्मी, चुडामणि आचार्य, कोषाध्यक्षमा दिपक रिजाल, इन्दु केसी, आचार्य, रहेका छन । समितिको सदस्यहरुमा जगुपति कंडेल, सुदर्शन शाक्य, नन्दराम गौतम र शर्मिला चर्मकार रहेका छन । अधिवेशनबाट संघ र प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन गरिएको छ । संघिय अधिवेशन प्रतिनिधिमा उमकान्त शर्मा‘बाबु’ शकुन्तला शर्मा, नरेश कंडेल, दुर्गादत्त आचार्य, रहेका छन । प्रदेश प्रतिनिधिमा गोविन्द बहादुर पौडेल, ‘गोपाल’ हरि प्रसाद चालिसे, विष्णु प्रसाद आचार्य, पार्वती पौडेल, सिता शर्मा, रामप्रसाद अधिकारी, हुमा रिजाल, त्रिकला थापा र ज्ञानेन्द्र गौतम रहेका छन । त्यस्तै महिला समितिको अध्यक्षमा भवगती केसी र युवा समितिको अध्यक्षमा भिम प्रसाद सापकोटा चयन भएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । अन्य पदमा निर्विरोध भएता पनि अध्यक्ष र सचिवमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

निर्वाचन पश्चात विजयी अध्यक्ष ईश्वर ठाकुर पौडेलले सबै प्रतिनिधि तथा मतदातालाई धन्यबाद दिँदै आफ्नो कार्यकालमा संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्