२९ असार २०८२, आईतवार

 

बागलुङमा संचालित निशुल्क मुटु रोग स्वास्थ्य शिविरबाट करिव ४०० जना लाभान्वित

बागलुङमा संचालन गरिएको बृहत मुटु रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा करिव ४०० जनाले सेवा लिएका छन । नेपाल भाषा मंका खल बागलुङको संयोजनमा धौलागिरी अञ्चल अस्पतालमा निशुल्क मुटु स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरको उदघाटन गर्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले स्वास्थ्य क्षेत्रको विकास गर्न सकेमा हरेक नागरिक उपचारको पहुच सम्म सहज रुपमा पुग्ने बताए । उनले यस्ता स्वास्थ्य शिविर संचान हुदा उपचार गराउनबाट बञ्चित भएका बिरामीहरुलाई ठुलो सहयोग पुग्ने बताए ।

उनले आगामी दिनमा निशुल्क स्वास्थ्य शिविर नगरपालिकाले समेत गर्ने तयारी गरिरहेको बताए। कार्यक्रममा डाक्टर शेखर राजभण्डारीले ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिरामीहरुलाई उपचार गराउन अमेरीकन डाक्टर सहितको टोली खटिदै आएको बताए । उनले आर्थिक अवस्था कमजोर भएका बिरामी मात्र नभएर नियमित मुटु सम्बन्धि औषधी खाएका बिरामीले सहज रुपमा उपचार गराउन सक्ने बताए ।

नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता,धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरेटेन्डेन डाक्टर सागर राजभण्डारीको स्वागत र सचिव सुदिप राजभण्डारीको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

मुटु सम्बन्धि बिरामी भएपनि उपचार गराउन बिशेषज्ञ डाक्टरको पहुचमा पुग्न नसकेका र निम्न आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरिे मुटु स्वास्थ्य शिविर एक दिनको लागि संचालन गरिएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए।

निशुल्क शिविरमा अमेरीकन बिशेषज्ञ डाक्टर सहित काठमाण्डौबाट आएका १५ जना चिकित्सकहरुको टोलीले बिरामीको उपचारमा गरेका थिए ।

मुटु रोग लागेर उपचारको लागि काठमाण्डौ लगाए अन्य अस्पताल सम्मको सहज पहुच बाहिर रहेका बिरामीलाई लक्षित गरि एक दिनको स्वास्थ्य शिविर संचालनबाट धेरै सहयोग पुगेको अध्यक्ष राजभण्डारीले जनाकारी दिए ।

एक दिनको लागि संचालन गरिएको मुटु स्वास्थ्य शिविरको आयोजक बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौ,शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,नर्भिक अस्पताल,नेपाल भाषा मंका खल,बागलुङ नगरपालिक,उद्योग बाणिज्य सघं,धौलागिरी अञ्चल अस्पताल एवं अस्पताल विकास समिति,बिद्यामन्दिर मावि व्यवस्थापन समिति,बागलुङ जेसीस,नय“ा बिश्व डटकम र बागलुङ एफ।एम गरि ११ वटा सघंसस्थाको रहेका छन ।

शिविरमा अमेरीकन डाक्टर खालीक शेख सहित ५ जना, काठमाण्डौबाट मुटु रोग बिशेषज्ञ डाक्टर डाक्टर शेखर राजभण्डारी,डाक्टर सम्पुर्णमान तुलाधर र धौलागिरी अञ्चल अस्पतालबाट डाक्टर सागरराज भण्डारी सहितको चिकित्सक टोलीले बिरामीको उपचार गरेका छन । मुटु स्वास्थ्य शिविरको लागि करिब तिन लाख रुपैय“ा खर्च लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung