
जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोट हटियाबाट हाल जापानलाई कर्मथलो बनाएका एक युवा क्यान्सर पीडीत माया केसीलाई आर्थिक सहयोग गरेका छन । बिहुँकोटका कलाधर कडेलले २ लाख ७८ हजार रुपैँया रकम केसीको उपचारका लागि सहयोग पठाएका हुन ।
छिमेकि माया केसीलाई स्तन क्यान्सर भएको थाहा पाउने बित्तिकै सहयोग गर्नु पर्छ भन्ने लागेपछि मनै देखि सहयोग संकलन गरेको कडेलले बताए । उनले सानो सहयोगले पिडीतकोे घाउमा केहि भए पनि मलाम लगाउन सहयोग पुग्ने बताए ।
उनले रंगतलाई पसिनामा बदल्दै एक एक रुपैया गरि कमाएको रकम सजिलै संकलन गर्न पनि त्यत्ती सजिलो नभएको अवस्थामा आफ्नै छिमेकीलाई पर्दा गर्नुपर्ने दायित्व सम्झेर सहयोग गरेको बताए ।
बिहुँकोटमा रहेका उनका बुबा चन्द्रेश्वर कडेंलबाट क्यान्सर पिडित माया केसीका श्रीमान दिपक केसीलाई हस्तान्तरण गरेका थिए । साथै हाल अमेरिकामा रहेका बाबुराम कडेंल बाट एक लाख र सामाकोट आत्मनिर्भर महिला समुह बाट रु एक लाख गरी दुईलाख अन्ठानब्वे हजार हस्तान्तरण गरिएको थियो ।
क्यान्सर पिडित माया केसीको केहि दिन अघि स्तनको अप्रेसन गरिएको र हाल उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको श्रीमान दिपक केसीले जानकारी दिए । उपचारका लागि मोटो रकम खर्च भइसकेकाले सवैलाई सहयोग गरिदिन केसीका परिवारले अनुरोध गरेका छन ।