चारतारे युवाक्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षातथा योजना तर्जुमा गोष्ठिको दशौंैं दिनको कार्यक्रमका सहभागिहरुले पछिल्लो क्रममा लघुवित्त कार्यक्रममा भईरहेको सदस्यहरुको दोहोरोपनाले गर्दा लघुवित्त कार्यक्रममा समस्या सिर्जना भईरहेको बताएका छन् ।
संस्थाको वामीशाखा कार्यालयमा बुधवार सञ्चालीत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रामीण क्षेत्रका केही गर्छु भन्ने सिप र जाँगर भएका महिला दिदिवहीनीहरुको जीवनस्तरमा परिवर्तन गर्ने असल उद्देश्यबाट सञ्चालीत कार्यक्रममा दोहोरोपनाले व्यापक समस्या सिर्जना भईरहेको बक्ताहरुको भनाई थियो । कुनै समय असहज वातावरण हुँदा ग्रामीण क्षेत्रमा लघुवित्त कार्यक्रमको सेवा प्रदानगर्ने कुनै पनि संस्था नरहेको स्थितीमा अहिले सहज वातावरण भएपछि च्याउ जस्तै लघुवित्तीय संस्थाहरु गाउँगाउँमा पुगेको उनीहरुले बताए । केही टाठाबाठा व्यक्तिहरु सबै संस्थाहरुमा बसी ऋण लीने, एउटै व्यक्तिले धैरै व्यक्तिहरुको नामवाट ऋण चलाउने र भाग्ने गर्नाले लघुवित्त कार्यक्रम प्रति आमजनामा नासमा नकरात्मक धारणा बढ्दै गईरहेको उनीहरुको भनाई थियो ।
लघुवित्त कार्यक्रम जस्तो महिला दिदीवहीनीहरुलाई विनाधितो कर्जा प्रवाह गरी जिवनस्तर परिवर्तन ल्याउने अरु कुनै कार्यक्रम नभएको भन्दै बक्ताहरुले यसमा देखिएको समस्याहरुलाई समाधानकालागि सम्पूर्ण दीदिवहीनीहरुले एउटा संस्थालाई मात्रआफ्नो रोजाई बनाउनुपर्ने बताएका छन् । गुल्मी क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालनगर्ने पहिलो संस्थासिवाईसी भएको र यसले प्रदानगर्ने सेवा सुविधा अन्य संस्थाको भन्दा फरक भएकाले सिवाईसीलाई नै पहिलो रोजाईको संस्थाबनाउन सबैलाई बक्ताहरुले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, सिवाईसी नेपालका विशिष्ट सदस्य सुदर्शन शाक्य, शाखा स्तरीय सञ्जालका निर्देशक उषा थापा, वडा स्तरीय सञ्जाल मुसीकोट न.पा. ४ का सल्लाहाकार एवं वडा सदस्य बालकुमारी राकासकोटी, वडा स्तरीय सञ्जालका मुसीकोट न.पा. ३ काप्रवक्ता कमला भण्डारी मुसीकोट न.पा. ६ का प्रवक्ताखीमा खड्का वडा स्तरीय सञ्जाल मुसीकोट न.पा. ७कानिर्देशक सिजन बौद्धचार्य, वडा स्तरीय सञ्जाल मजुवाका निर्देशक सीता गौतम, उद्यमी सदस्यहरुको तर्फवाट समिक्षा सिंह, बसन्ती बगाले, रुपा कार्की, सिता बस्नेत, त्रिभुवन मावि कुर्घाका शिक्षक शुकदेव रिजाल लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशःजागृतीे आत्मनिर्भर महिला केन्द्र मुसीकोट न.पा. ६, शिवपार्वती आत्मनिर्भर महिला केन्द्र मुसीकोट न.पा. ४ र सप्त रङ्गी आत्मनिर्भर महिला केन्द्र गुल्मीदरवार २, प्रथम, दृतिय र तृतीय स्थानहाँसील गरेका थिए । सोही क्रममा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट बचतकर्ताको रुपमा केन्द्र नं. २६ का सदस्य सीतागौतम र सदस्यका छोरा छोरीहरु मध्येवाट एस.ई.ई परीक्षामा उत्कृष्ट स्थान हाँसीलगर्ने केन्द्र नं. ९ का सदस्य राधिकाशर्मा रिजालका छोरा सुजन रिजाललाई नगद सहित सम्मान एवम् पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्यमिना सिंह र समिक्षा सिंहले चेतना मुलकगित प्रस्तुत गरेका थिए ।
वामी शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा सहजिकरण तथा कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम सञ्चालनको मर्मलाई सदस्यहरुले नबुझी केही गलत मानसीकता भएका व्यक्तिहरुको लहीलहीमा लाग्दा गरिवी न्यूनिकरणको महान लक्ष्य बोकी सञ्चालीत सिवाईसी लघुवित्त कार्यक्रमको लक्ष्य पुरा हुन नसकेको बताएका थिए । सिवाईसी लघुवित्त कार्यक्रम अन्य संस्थाहरु जस्तो ऋण दिने र बचत गर्ने ठाउँ मात्र नभएको भन्दै पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम भनेको सदस्यहरुको सर्वाङ्गीण विकास गर्ने अस्त्र रहेको बताए । पौडेलले मन्तव्यकै क्रममा आजकै दिनदेखि सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न सदस्यहरुको चौरासी पुजागर्ने उमेर पुगे पश्चता पुजा गर्न नसक्ने सदस्यहरुलाई संस्थाले चौरासी पुजागर्ने नयाँ सुविधा थप गरेको समेत बताएका थिए ।



















































































































































































































