३२ असार २०८२, बुधबार

 

बागलुङ कारागारका कैदी बन्दीको क्षयरोग परिक्षण

बागलुङ कारागारका कैदी बन्दीहरुलाई लक्षित गरी बिहिबार क्षयरोग परिक्षण शिविर सम्पन्न गरिएको छ । शिविरमा कारागार भित्र रहेका ७९ जना कैदी बन्दीहरुको खकार परिक्षण गरिएको छ । जस मध्ये ७३ जना पुरुष र ६ जना महिला रहेका थिए । जोखिम पुर्ण क्षेत्रमा गरिने कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिकाको आयोजना जिल्ला जनस्वास्थ्य कार्यालय र धौलागिरी अंचल अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । क्षयरोग नेपालमा एउटा प्रमुख जनस्वास्थ्य समस्या भएको र समयमै पहिचान भई पूर्णतया औषधी सेवन गरेमा निको हुने जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले बताए ।

शिविर उदघाट्नको क्रममा बोल्द कारागार शाखाका निमित्त प्रमुख दिपक शर्माले कारगार जस्तो संबेदनशिल ठाँउमा आएर क्षयरोग निदानका लागि शिविरको आयोजना गर्नु निकै सह्रानिय काम भएको बताए । उनले स्थानिय सरकारले कैदी बन्दिको स्वास्थ्य प्रति चासो देखाएकोमा आभार प्रकट गरेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरे र ल्याब टेक्निसियन डिल्ली प्रसाद आचार्यले क्षयरोगका बारेमा जानकारी गराएका थिए ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक जिवन कुमार शाक्यको अध्यक्षता सिअहेब अधिकृत छैठौं डिल्ली प्रसाद आचार्यको स्वागत र सिअहेब सोमराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो । २ हप्ताभन्दा बढी लगातार खोकी, साँझपख प्रायः जसो ज्वरो आउनु, शरीरमा पसिना खलखली आउनु, तौल घट्दै जानु, शरीरमा स्फूर्ति कम हुनु, आलश्यपन उत्पन्न हुनु, शरीर दुख्ने, खकारमा कहिलेकाहीँ रगत देखा पर्नु आदि रोगका लक्षण हुन । पखाला लाग्नु, वान्ता आउनु, शरीर चिलाउनु पनि यस रोगका लक्षण हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung