७ कार्तिक २०८३, शुक्रबार

 

जीवनपयोगी शिक्षा पहिलो प्राथमिकता नगर प्रमुख गैरे

- भैरव माध्यमिक विद्यालयमा ४ कोठे भवनको सिलन्यास

भैरव माध्यमिक विद्यालय गलकोट नगरपालिका ९ बाॅसखोलामा आज एक कार्यक्रमका बिच ४ कोठे भवनको सिलन्यास गरिएको छ । भवन सिलन्यास पछि बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरले जीवनपयोगी शिक्षा सॅगै गुणस्तरिय शिक्षामा जोड दिदैं सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न सरोकारवालाहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । नगरले भौतिक पुर्वाधार सॅगै गुणस्तरिय र समय सापेक्ष शिक्षामा जोड दिने गैरेको भनाई छ ।

भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालयले नगद रु ३२ लाख बजेट विनियोजन गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । आगामी वर्ष विद्यालयको हिरक जयन्ती भएकोले विद्यालयले भौतिक निर्माणलाई तिव्रताका साथ अगाडी बढाएको विद्यालयका आर्थिक संयोजक सुवेदार तिलक केसीले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता, प्रधानध्यापक चक्रवर्ती शर्माको स्वागत र शिक्षक नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung