
प्राकृतिक रुपमा संसारमा विभिन्न प्रकारका मानिस भेटिन्छन् । कतिपय जन्मपश्चात विभिन्न समस्याबाट ग्रसीत हुन्छन् भने कतिपय मानिसलाई जन्मनुभन्दा पहिले नै प्रकृतीले नै ठगेको हुन्छ । यस्तै प्रकृतिले ठगीएका एक वालक बागलुङ जिल्लाको बडिगाड गाँउपालिका – ४ नौतुवामा एक अनौठो बालक जन्मिएका छन् । हेर्दा लाग्न सक्छ सबै प्रकारले सवल छ । उस्को शरीरमा कुनै खोट छैन् आखा , हात खुट्टा सबै ठिक छन् । उसको हेराई पनि ठिक छ ।
बैशाख १९ गते आमा जुन सुनार कोखबाट जन्मिएका छोराको न्वारन पनि भएको छैन । बुबाआमाले ठुलै समस्या झेल्नु पर्यो । जन्मिएको ७ औँ दिनमा न्वारान गरिदिने बाबुआमा सोचिरहेका थिए । बच्चा जन्मिएको २ दिन भएकोे थियो बच्चाले आमाको दुध पनि राम्रै चुसीरहेकै थियो । लामो समय पछि छोरा जन्मियो भनेर एकातिर परिवारमा खुसी छाएको थियो । समाजका आफन्त भेट्न पनि आइरहेका थिए । बधाई पनि दिए उस्तै , परिवारमा एक किसिमको खुसीको लर्को चल्यो । त्यो खुसीको लर्काे भने धेरै दिन टिकेन ।
मान्छे जन्मेपछि एक दिन मर्ने पर्ने हुन्छ तर, यहाँ जन्मे पनि मरे सरह भएको भन्दै आमा बुबा भकानिएर रुन्छन् । आमाबुवाले न्वारान पनि गरिनसकेका छोरा झट्ट हेर्दा हेरिरहु जस्तो लाग्छ । त्यो सँगै बच्चाको पेट पनि पहिलेको भन्दा ठुलो हुदैँ गएको थियो ।२ दिनको मध्ये रातीबाट बच्चाले आखा नै हेर्ने छाडयो । रातीको समयमा आमाको मन न हो बच्चा हेर्दै रोइरहिन् तर पनि बच्चाले आखा हेरेन । बिहान भयो सबै मान्छे जम्मा भए बच्चा हेर्दा बच्चाले आखा बन्द गरिरहेको थियो। तर मुटुको घड्कन चलिरहेको थियो ।
बच्चाको पेट पनि टम्म भईसकेको थियोे । जन्मेपछि एक पटक पनि बच्चा दिशा गरेको छैन, हिजो साँझबाट दुध पनि खाएको छैन। कोखमै च्यापेर बसेकी आमा भन्छिन् । सबै गाउँका मान्छेहरु पनि जम्मा भए सबैको सल्लाहमा बच्चा हस्पिटल पुर्याइयो । दलित परिवारको गरिब परिवारमा जन्मिएका ती ओवध बालक, बाबुआमालाई पैसा जुटाउन कति मुस्किल परेको होला ? बुबाआमाले जेनतेन पाल्पा लगेर अस्पतालमा भर्ना पनि गरे। सुत्केरी भएको बेला घरमै बसेर मिठो मसिनो खानेबेला आमा बच्चाको कारणले क्षितबिक्षत भईन ।उनीहरुलाई थाहाँ नै थिएन् ।के कारण बच्चा किन सुतिरह्यो दुध पनि खादैन् भन्ने,डाक्टरले जाँचे दुर्भाग्य बच्चाको दिसा आउने प्वालनै रहेन्छ । आमाबाबु स् मरेपछि घरै लगेर सतगत गरौँला झन बुबाआमालाई पिरलो बढ्यो ।
के कसरी बचाउन सकिन्छ भन्ने तर्फ लागे, बाबु आमा । त्यो दिन रातनै प¥यो अब बचाउन सकिएन भन्ने पिर थियो । राती मरेपछि घरै फर्काएर उतै बच्चाको सतगत गरौँला भन्ने सोचिरहे। त्यो रात होटलमै बसे तर बिहान सबेरै बच्चा रोयो । बच्चा रोएपछि हतारिदै अब यो बाच्न चाहेको रहेछ भन्दै, १२ हजारमा गाडी रिर्जव गरि काठमाडौं ल्याए । काठमाडौंमा कोही चिनेजानेका थिएनन् । उनीहरुसँग भने जति पनि पैसा थिएन् । पाल्पाकै डाक्टरको सल्लाह मानेर कान्तिवाल अस्पतालमा पुर्याए।डाक्टरले चेकजाच गरे यस्तो खालको बिरामी आफू कहाँ खासै नआएको प्रतिउत्तर दिए । तैपनि बच्चालाई बचाउन प्रयास गर्ने आश्वासन दिए ।
बच्चाको अखिर दिसा गर्ने ठाँउको अप्रेसन नभई उसलाई बचाउन पेटमा नै प्वाल पारि दिसा निस्कने गराइयो । बाँच्ला भन्ने सोचेका थिएनौँ ४ दिन सम्म आइसीयुमा राखियो बच्चा आमाले डाक्टरलाई किन यस्तो भयो भनि प्रश्न सोधिन् बच्चाको दिसा आउने आन्द्रा नै दिसा गर्ने प्वाल सम्म नआएकाले बच्चाको पेटबाट दिसा आउने गरि अप्रेसन गरिदिएको डाक्टरले बताइदिए ।बच्चाको अप्रेसन त ,भयो डाक्टरले बच्चाको फेरी अप्रेसन एक हप्तापछि गर्ने भनेपछि उनीहरु पैसा अभावकै कारण काठमाडौं छाडेर दुधेबालक लिएर पेटबाट दिसा चुहाउदै घर पुगेका छन् ।
बच्चाकी आमा जुनु भन्छिन् बच्चा बचाउन सकिन्न कि भन्ने चिन्ता थियो तर अहिले सबैको प्रयासले बच्चा बच्यो । ३ चोटी बच्चाको अप्रेसन गनुपर्ने डाक्टरले भन्नुभएको छ । पैसाको जोहो पनि गर्नैप¥यो त्यसैले घर आएका छौँ । उनले भन्छिन् दुखको बेला वडा अध्यक्षले समेत आर्थिक अवस्था कम्जोर भएको भनि सिफारिस नदिएको भन्दै गुनासो गरिन् ।
यसरी पेटबाटै दिसा गरिरहने नाम पनि नभएका बच्चालाई डाक्टरले ३ पटक अप्रेसन गनर्’पर्ने भने पछि परिवारमा थप आर्थिक समस्या देखिएको छ बच्चा अहिले पेटकै एक कुनाको प्वालबाटै दिसा गरिरहेको छ । अहिले यसरी बच्चाको पेटको कुनै कुनाबाट यसरी दिसा गर्ने भएपनि पछिका दिनमा कति अप्ठ्यारो होला ? यस्तो मनर्’न बाच्नुको दोसाधमा रहेका बालकलाई तपाई र अहिलेको बलियो सरकारले उचित सहयोग गर्नुपर्ने देखिन्छ ।