२९ असार २०८२, आईतवार

 

स्वास्थ्य शिविर वामीमा

लुम्बिनी वामी हस्पीटल प्राली वामी टक्सारले आयोजना गरेको स्वास्थ्य शिविरवाट २ सय ३५ जना विरामीले स्वास्थ्य लाभ गरेकाछन्। गुल्मीको मुसिकोट नगरपालिका, बागलुङको बडिगाड गाउँपालिका तथा गल्कोट नगरपालिका विरामीहरुले स्वास्थ्य जाँच गराएको हस्पिटल व्यावस्थापन कार्यसम्पादन समितिका संयोजक अग्नीधर लोहोनीले जानकारी दिनुभएको छ ।

सो शिविरमा लुम्बीनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन र रेडियोलोजि विशेषज्ञहरुको सहभागिता रहेको थियो। हस्पीटल प्रालिले मेडिकल अधिकृत विरेन्द्र साहनीको नेतृत्वमा ल्यावसहित जनरल सेवा प्रदान गर्दै आएको छ। शिविरमा विरामीको निशुल्क जाँच गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung