११ कार्तिक २०८३, मंगलवार

 

हिन्दुराज्य घोषणा गर्ने तागत हिन्दु भक्त तथा अनुयायीमा छ— स्वामी ज्ञानानन्द महाराज

बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका ५ बिहुँकोट मा अवस्थित रामकोटधाम को ३५औ बार्षिक उत्सव समरोह तथा रथयात्रा कार्यक्रममा सहभागि हुन बिहुँ आएका यसै त्रिपुरेश्वर महादेव मन्दिर का प्रधान संरक्षक हरिहरसन्यास आश्रम देवघाट तनहुँ का पिठाधिश्वर सन्तसमाज का केन्द्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानन्नद सरस्वति महराजले मुलुकलाई हिन्दुराज्य घोषणा तागत हिन्दुभक्त तथा अनुयायीमा रहेको बताएका छन । नेपाली जनतालाई नटेरै राज्यले हिन्दुधर्मको उपेक्षा गरे जनताले सड़क बाटनै हिदुराज्य घोषणा गर्ने तागत रहँको बताउदै हिन्दु भक्त र अनुयायीलाई कमजÞोर नसम्झन आग्रह गरेका छन ।

२०३३ सालमा स्थापित त्रिपुरेश्वर महादेव मन्दिर ब्ह्मलिन स्वामि श्री १००८ परमान्नद सरस्वति महराजले तपस्या र ज्ञान हासिल गरेपछि मनाउन लागिएको महाउत्वसव रथयात्रा कार्यक्रम सहभागि हुन केहि दिन अघि मात्र यस क्षेत्र प्रवेश गर्नु भएका स्वामि ज्ञानन्द स्वामिले पैसा र पहुँचको भरमा धर्म परिवर्तन भएको प्रति इंगित गर्दै स्वधर्म छोट्न दबाब दिदा सम्म राज्य रमिते बनेर बसेको उनको कथन छ ।

प्रत्येक बर्ष जेष्ठ ११ गते माईने रथयात्रा यस क्षेत्र को निक्कै चर्चित मेलाको रुपामा स्थापित राष्ट्र सन्त एवं महापुरुष स्वामी परमान्नद स्रस्वतिले राष्ट्र भित्र देखिने खÞतरा अनिष्ट दुर्घटना जस्ता देश र जनताको दुख हरण गर्न भंगवान शंकरको पुकार गर्ने गरेकाले यस क्षेत्र त्येदिन खेतिबालि कुनै पुजाअर्चना समेत नगर्ने यस क्षेत्रका सम्पुर्ण बिद्धयालयहरु समेत बन्द गरि यस रथयात्रा सरिक हुने गरेका छन् । त्यस क्षेत्र हुने धार्मिक र महत्वपूर्ण यस मेलामा सरिक भई रथ बोकेमा सम्पुर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung