२७ भाद्र २०८३, शनिबार

 

पञ्चकोटमा बन्यो गण्डकी माताको मन्दिर, समाजसेवी श्रेष्ठ दम्पत्तिद्धारा थप २१ लाख हस्तान्तरण

- श्रेष्ठ दम्पत्तिले बागलुङको शिक्षा, मन्दिर, पुस्तकालय, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्दै आएका छन ।

बानपा—८ पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर निर्माणको कार्य सम्पन्न भएको छ । सुरुमा २५ लाख लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको मन्दिरको लागत बढेर ५४ लाख ६२ हजार पुगेको थियो । उक्त मन्दिर समाजसेवी तथा उद्योगी पुष्पमान श्रेष्ठ र उनकी श्रीमती लालु श्रेष्ठले निर्माण गर्ने प्रतिवद्धता गरेका थिए । जसअन्र्तगत दम्पती परिवारले ३३ लाख रुपैयाँ यस अगाडी हस्तान्तरण गरिसकेको थिए भने बाँकी २१ लाख रुपैयाँ श्रीमती लालु श्रेष्ठको इच्छा अनुसार स्वामी कमलनयन आचार्यलाई शुक्रबार एक समारोहका बिच हस्तान्तरण गरिएको थियो ।
उक्त मन्दिर निर्माणपछि त्यहाँ पुग्ने पर्यटन तथा दर्शनाथी बढ्न थालेको प्रतिनिधी अध्यक्ष ऋषि स्वामीले बताएका छन । गण्डकी माताको मन्दिर निर्माणले पञ्चकोटको आकर्षण बढाउनुको साथै धार्मिक पर्यटनलाई प्रवद्र्धन गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
गत २०७३ भदौमा निर्माण सुरु भएको गण्डकी माताको मन्दिर २०७४ फागुनमा सकिएको थियो । अहिले पञ्चकोटमा गण्डकी माता मन्दिर, शिश महल, हनुमानको मूर्ति, गणेश मन्दिर र मुर्ति, अतिथी गृह निर्माण भइसकेको छ । त्यस्तै १४ कोठाको पञ्चकोट सभा भवन निर्माण हुन लागेको पूर्व प्रतिनिधी अध्यक्ष नगेन्द्र शर्माले बताए ।
बागलुङ जन्म घर भइ काठमाडौँ बस्दै आएको श्रेष्ठ दम्पत्तिले बागलुङको शिक्षा, मन्दिर, पुस्तकालय, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण सामाजिक सेवा तथा सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung