२६ भाद्र २०८३, शुक्रबार

 

कारीकोटमा भौतिक संरचना निर्माणमा तिव्रता

बागलुङमा एसियाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउँने अभियानका साथ थालनी गरिएको विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोट मध्येको एक कारीकोटमा भौतिक संरचना निमार्ण कार्यले तिव्रता पाएको छ । वि.स. २०७१ साल देखि बागलुङको पञ्चकोटमा निर्माण गर्न लागिएको सर्वसिद्धि धामको निर्माण सगै यहाँ रहेका अन्य चार वटा कोट कारीकोट, माझकोट, रायरायकोट र संसारकोटमा पनी विभिन्न धार्मिक संरचना बनाउने कार्यले निरन्तरता पाएको छ । विशेष गरी परम्परादेखीनै नवदुर्गाद भवानी तथा कारिकोट भुमेको पुजा आरधाना गरिदै आएको कारिकोटमा अहिले भुमेको मन्दिर तथा मन्दिर परिसरमा ढुङ्गा छपाईको कार्य हुदै गरेकोे वताईएको छ । पुरातत्व विभागको १८ लाख तथा पर्यटन वोर्डको ७ लाखको सहयोगमा कलात्मक मन्दिर निमार्ण हुन लागेको बानपा –६ का अध्यक्ष तथा विश्वशान्ति सर्वसिद्ध धाम पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले वताएका छन ।

कारीकोटमा धार्मिक शक्ति तथा ऐतिहासिक महत्व रहेको हुनाले यहाँ विभिन्न संरचना निमार्णका लागि विभिन्न निकाय तथा श्रदालु भक्तजनको निरन्तर सहयोग रहको वडा अध्यक्ष सापकोटाको भनाई रहेको छ । यहाँ दैनिक नित्य पुजा तथा वडा दशैमा विशेष पुजा आजा गरिने र वडा दशैको नवमीमा यहाँ दैविक शक्ति प्रत्यक्ष देख्न सकिने सापकोटाले जानाकारी दिए ।
हिन्दु धर्म गुरु स्वामी कमलनयनाचार्यको अगुवाईमा विश्वशान्ति सर्वसिद्ध धाम पञ्चकोट निमार्ण गर्ने अभियान सुरु भए पश्चात यस कोटमा २ वर्ष पहिले पर्यटन वोर्डको ५०लाखको सहयोगमा दुर्गा भवानीको मन्दिर तथा सत्तल निमार्ण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung