४ श्रावण २०८३, सोमबार

 

लायन्स क्लव अफ कालीगण्डकीको अध्यक्षमा रिजाल

लायन्स ब्लव अफ कालीगण्डकीको अध्यक्षमा अनुप रिजाल सर्वसम्मत चयन भएको छ। युवा व्यवसायी रिजालले आफ्नो कार्यकालमा क्लवको संस्थागत विकास ,क्लवको सदस्यहरूको नेतृत्व र व्यवसायी विकास र सामाजिक क्षेत्रमा काम गर्ने कार्यक्रम रहेको नयाँ विश्वलाई बताए ।

क्लवको प्रथम उपाध्यक्षमा दलबहादुर थापा ,दितिय उपाध्यक्ष श्याम प्रसाद शर्मा तृतीय उपाध्यक्षमा गणेशदत्त शर्मा ,सचिवमा नारायण प्रसाद शर्मा र कोषाध्यक्षमा विप्लव शर्मा रहेका छन ।

लायन्स क्लव अफ बागलुङले इसपोन्सर गरेको यस क्लवमा विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरू रहेको छ । हाम्रो नयाँ क्लव हो । सबैसंग सहकार्य गरेर हामीले यस क्लवलाई अगाडि लैजाने योजना रहेको अध्यक्ष रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung