३० असार २०८२, सोमबार

 

स्वास्थ्य शीवीरबाट एघार सय लाभान्वित

समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषक्ष शीवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् ।

दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो । स्त्रीरोग बिशेषज्ञ डाक्टर सरीता गुरुङ, बालरोग बिशेषज्ञ डा नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठ सहित स्थानीय स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताए । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीय स्तरमा सहज र सर्भसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन गरिएको उनको भनाई छ ।

तिन वटै शिवीरको महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले उद्घाटन गरेका थिए । सो क्रममा मन्त्री थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन सरकारले “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागेको जानकारी दिए ।

अप्ठ्यारोमा परेका दुर्गम, बिकट क्षेत्रका गरिब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशूलाई हेलीकप्टरबाट उद्दार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्ष पाँच करोड बजेट बिनियोजन भएको बताए ।

भौगोलिक बिकटता र नजिकै स्वास्थ्य संस्था नभएका कारणले गर्भवती, सुत्केरी अवस्थामा ज्यान गुमाउनुपर्ने समस्या न्युनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

मन्त्रि थापाले महिलाहरुको स्वास्थ्य, शिक्षा, आयआर्जन र रोजगारीमा पहुँच बृद्धी गरी जिवनस्तर सुधार, आर्थिक रुपान्तरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधी, अगुवा र नेकपाका नेता, कार्यकर्ताहरुसंग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिबिधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए । तिन दिने गृहजिल्लाको बसाई सरेर मन्त्री थापाको टोली शनिबार काठमाडौ फर्कीएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung