
मानिसका सहि विचारहरु कहााबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? अँ हँ । के ती मगजमा सहजै उब्जन्छन् ? अँ हँ । ती त समाजीक व्यवहारबाट मात्र आउँछन् ती तीन किसिमका सामाजिक व्यवहारबाट वा भनौँ उत्पादनको निम्ति संघर्ष वर्ग संघर्ष र वेज्ञानिक प्रयोगबाट आँउछन् ।
मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एक चोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरुलाईजनसमुहले बुझिसकेपछि ती विचारहरु भौतिक शक्तिमा जान्छन् जसले समाजलाई फेर्छ र संसारलाई फेर्छ ।
मानिसहरु आफ्नो सामाजिक व्यवहारमा , विभिन्न किसिमका संघर्षमा लाग्छन् र सफलता र असफलता दुवैबाट थुप्रै अनुभव बटुल्छन् । वस्तुगत बाहिरी संसारका अनगिन्ती दृश्य मानिसको मगजमा उसका पाँच ज्ञानेन्द्रयहरुबाट प्रतिम्बिित हुन्छन् ।
पहिलो ज्ञान इन्द्रीय ग्राह्य ज्ञान हुन्छ । इन्द्रीय ग्राह्य ज्ञान प्रशस्त जम्मा भएपछि त्यसले फट्को मार्छ अनि धारणात्मक ज्ञान अर्थात् विचार बन्दछ । ज्ञान प्राप्तिको यो एउटा क्रम हो । ज्ञान प्राप्तिको सम्पुर्ण क्रमको यो पहिलो चरण हो । कसैका चेतना वा विचारहरु सिद्धान्तहरु नीतिहरु,योजनाहरु वा उपायहरु समेत सही रुपले वस्तुगत वाह्य संसारका नियमलाई प्रतिविम्वित गर्छन् कि गर्दैनन् भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुँदैन , यस चरणमा ती कुरा सही छन् कि छैनन् भनी ठोकुवा गर्नु अझै सम्भव हुँदैन । त्यसपछि ज्ञान प्राप्तिको क्रममा दोश्रो चरण आउँछ , यो चेतनाबाट पदार्थमा फर्काउने चरण हो । विचारबाट अस्तित्वमा लैजाने चरण हो ।
जसमा पहिलो चरणमा बटुलिएको ज्ञानलाई सिद्धान्तहरु, नीतिहरु , योजनाहरु वा उपायहरुले आशा गरिएअनुसारका सफलता पाउँछन् कि पाउँदैनन् भन्ने ठोकुवा गर्न सामाजिक कार्यमा प्रयोग गरिन्छ । सामान्य रुपमा सफल भएका चाहि सही हुन्छन् र विफल भएका सही हुँदैनन् र विशेष गरी प्रकृतिसित हुने मानिसको संघर्षमा यो कुरा साँचो हो । सामाजिक संघर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्ने शक्ति कहिलेकाही उनीहरुका विचारहरु सही नभएकोले होइन कि संघर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्नेशक्ति कहिलेकाही उनीहरुका विचारहरु सही नभएकाले होईन कि संघर्षमा लागेका शक्तिहरुको सन्तुलनमा केही समयका निम्ति प्रतिकृयाका शक्तिहरु सरह उनीहरु शक्तिशाली नभएकोले हार खान्छन् , त्यसैले उनीहरु अस्थायि रुपले पराजित हुन्छन् ।
तर चाडो वा डिलो उनीहरुले विजय पाउनु अवश्यम्भावी छ । मानिसको ज्ञानले व्यावहारको कसि द्धारा अर्काे फट्को र्माछ । यो फट्को अगिल्लो भन्दा वढ्ता महत्वपुर्ण हुन्छ । किनभने यहि एक मात्र फट्को हो, जसले ज्ञान प्राप्तिमा पहिलो फट्कोको सत्य वा गल्तीलाई सिद्ध गर्न सक्छ , अथात् वस्तुगत वाह्रय संसारलाई प्रतिविम्वित गर्ने क्रममा बनेका विचारहरु , सिद्धान्तहरु , नीतिहरु, योजनाहरु वा उपायहरुको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ । सत्यलाई जाच्ने अर्काे कुनै बाटो छैन । अझ वढ्त विश्वलाई बुझ्नका पछाडि सर्वहारा वर्गको एक मात्र उद्धेश्य यसलाई फेर्नु हो ।
प्राय पदार्थबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अथात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौ क्रम पछि मात्र सहि ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धि माक्र्सवादि सिद्धान्द , ज्ञानको द्धन्द्धत्मक भौतिकवादी सिद्धान्त , यस्तो छ ।
हाम्रो कामरेडहरुमा ज्ञानको यस सिद्धान्तलाई अझै नबुझ्नेहरु निकै जना छन् । उनीहरुका विचार, नीति , पद्धति , योजना , निष्र्कष , राम्रा भाषण र लामा लेखहरुको मुहान सोध्दा ति जिल्ल पर्छन् र यस प्रश्नको उत्तर दिन सक्दैनन् ।
न त उनीहरु पदार्थ – चेतनामा र चेतना पदार्थमा परिवर्तन हुन सक्छ भन्ने कुरा नै बुझ्छन् , यदपि यस्ता फट्कोहरु दैनीक जीवनकै घटनाहरु हुन्छन् । त्यसकारण हाम्रा कामरेडहरु ज्ञानको द्धन्द्धात्मक भौतिवादी सिद्धान्तमा शिक्षित पार्नु आवश्यक छ , जसवाट तिनले चिनलाई महान् र शक्तिाशाली समाजवादी देश बनाउन र संसार भरिका उत्पिडित र शोषित व्यापक जनसमुहलाई सहायता गर्ने अन्तराष्ट्रियवादी कर्तव्यको पुर्तिका लागि आफ्नो विचारलाई सहि दिशातिर लग्न सक्छन् , जाचबुझ र अध्ययन तथा अनुभवको सार झिक्नमा सिपालु हुन सक्छन् , अप्ठायाराहरुलाई जित्न सक्छन् , गल्तीहरु कम गर्न सक्छन्, आफ्नो काम झन राम्ररी गर्न सक्छन् र कडा सघर्ष गर्न सक्दछन् ।
(सन् १९६३–यो अंश हाम्रो वर्तमान ग्रामीण कार्यको केही समस्याहरुका विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको मसौदा निर्णय, भन्ने लिखतको अंश हो । सो लिखत मे १९६३ मा कामरेड माओ त्से तुङको निर्देशनमा तयार पारिएको थियो र यो चाहिं अंश कामरेड माओ त्से तुङ आफैले लेख्नुभएको थियो । )