सिद्धार्थ बैकले एकै साथ पाच जिल्लामा शाखा स्थापना गरेको छ । सबै सर्वसाधारणको पहुचमा बैंकलाई पुर्याउने उदेश्यका शाखा विस्तार गरिएको बैकले जनाएको छ । बाकेको खजुरा ,दाङको लमही ,कैलालीको अत्तरिया ,बाराको देवताल ,कास्कीको लेखनाथ र चितवनको भरतपुरमा नयाँ शाखा स्थापना गरिएको छ । नयाँ शाखाबाट ग्राहक र उघमीले कर्जा ,वचत ,मोबाइल बैंकिक ,रेमिट्यान्स लगाएतका सबै सेवा पाउने बैंकले जनाएको छ ।













































































































































































































