उपत्यकामा नयाँ लगानीमा आधुनिक स्टार होटल निर्माण हुने भएको छ । अर्ब लगानीमा हाइलाइफ हस्टालिटी ललितपुरले र ग्रान्ड सिद्धार्थ ए्ण्ड ग्रुपले काठमाडौमा होटल निर्माणको काम शुरू गरेको हो। पछिल्लो समय लज ,होटल र रेस्टुरेन्ट संचालनको लागि दर्ता बढेको छ । नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेपछि होटल संचालनका नयाँ नयाँ लगानीका साथ व्यवसायीहरूले दर्ता गर्ने त्रम जारी छ ।ठुलोदेखि साना लगानीको ८९ होटल संचालन अनुमतिको लागि होटल दर्ता भएको कम्पनी रजिस्टार कार्यालयले जनाएको छ ।पछिल्लो समयमा चेन होटलहरूमा समेत लगानी बढेको छ ।
राम्रो आतिथ्थता,खर्च गर्न सक्ने पर्यटनलाई लक्षित गरेर होटल संचालनमा लगानी भित्रिएको छ ।प्र देश नं ३ मा मात्र दुई सय ८३ वटा बार,रेस्टुरेन्ट र होटल संचालनको लागि दर्ता भएको छ ।त्यसै गरी बढी पर्यटन आउने प्रदेश र स्थानीय तहमा होटल संचालन अनुमतिको लागि नयाँ नयाँ लगानी कर्ताहरू आएका छन ।नयाँ लगानीको होटल ,बार र रेस्टुरेन्टहरू निर्माण हुने त्रम बढे पनि सडक ,विमानस्थल लगाएतको पुर्वाधार विकास हुन नसक्दा २० लाख पर्यटक भित्राउने सरकारको योजनामा धेरै चुनौतिहरू छन ।
















































































































































































