११ कार्तिक २०८३, मंगलवार

 

गलकोटको नीति, कार्यक्रम तथा बजेट पारित, ६० करोड ७ लाख बजेट अनुमान

गलकोट नगरपालिकाको निति, कार्यक्रम तथा बजेट माथी छलफल गरि पारित गरिएको छ । नगरपालिकाको तेस्रो नगरसभाको समापनको अवसरमा सहकारी ऐनको प्रथम संशोधन २०७५, आर्थिक ऐन २०७५, बिनियोजन ऐन २०७५, न्यायिक समितिको कार्यबिधि सम्बन्धि ऐन २०७५ पारित गरिएको छ । सभामा सभाध्यक्ष नगरप्रमुख भरत शर्मा गैरेले कार्यक्रममा निति तथा कार्यक्रमको घोषणा गनुभएको थियो ।

सभामा आगामी आर्थिक बर्षको बजेट ६० करोड ७ लाख ४६ हजार ३ सय रुपैयाँ अनुमान गरिएको जानकारी गराईएको छ । ४ करोड आन्तरीक राजस्व संकलनको लक्ष राखेर बनाईएको बजेटको स्रोतको रुपमा केन्द्र सरकाबाट आउने अनुदान र प्रदेश सरकारबाट आउने अनुदानलाई मुख्य स्रोतको रुपमा राखिएको छ ।

सभामा आर्थिक बर्ष २०७५, ०७६ मा आय तर्फ आन्तरिक तर्फ कर तथा राजश्वबाट ४ करोड, बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत संघिय सरकारबाट बित्तिय समानिकरण अनुदान बाट १० करोड ४९ लाख, संघिय सरकारबाट शसर्त अनुदान २२ करोड १२ लाख, संघिय समानिकरण अनुदान बाट १ करोड १७ लाख ६० हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँड वापत ४३ लाख १५ हजार ३ सय, सामाजिक सुरक्षा तर्फ ९ करोड र गत बर्षको मौज्दात ५ करोड गरि कुल ६० करोड ७ लाख ४६ हजार ३ सय आय प्रस्ताव गरिएको छ ।

त्यस्तै ब्यय तर्फ चालु खर्च तर्फ ५ करोड, बिभिन्न कोष ब्यवस्थापन तर्फ २ करोड ७१ लाख ५० हजार, वाड स्तरिय योजना तर्फ २ करोड ७५ लाख, नगर गौरवका योजनाहरु तर्फ ५ करोड ४३ लाख, सामाजिक सुरक्षा तर्फ ९ करोड, नगरस्तरिय योजनाहरु तर्फ ८ करोड ३ लाख ३१ हजार ३ सय, ससर्त तर्फ २२ करोड, १२ लाख र अन्य बिबिध शिर्षकहरुमा ५ करोड २ लाख ६५ हजार गरि कुल ब्यय तर्फ ६० करोड ७ लाख ४६ हजार ३ सय अनुमान गरिएको जानकारी गराईएको छ ।

सभामा नगरभित्रका मुख्य आयोजना र क्रियाकलाप अन्तर्गत गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा स्वास्थचौकिको जग्गा ब्यवस्थापनका लागी ४० लाख, वाड नम्बर २ नरेठाटीमा नगरसभा हलको भवन निर्माणका लागी ६५ लाख, वाड नम्बर ३ हटियामा हटिया गोलकोट पुर्णकोट सड्क स्तरोन्नतीका लागी २५ लाख, लिकंरोड नयाँ ट्रयाक निर्माणका लागी १० लाख, हटिया सेराबजार चोक देखि बेसी लमई सम्म सड्क स्तरोन्नतीका लागी १० लाख, गोलकोट पुजा ब्यवस्थापन र बगैचा निर्माण तथा संरक्षण पर्यटन प्रबद्धनका लागी ५ लाख, गलकोट नगरपालिका वाड नम्बर ४ मा डाडाँखेत खरुवा सडक स्तरोन्नती तथा कालोपत्रेका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ५ मा हरिचौर, बजार क्षेत्रको सडक बिस्तार तथा कालोपत्रेको लागी ४० लाख, गलकोट नगरपालिका वाड नम्बर ६ मा शिवालय नगरपालिका चोक, राजाको पुल हरिचौर सडक कालोपत्रेका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ७ मा मल्म आगाखेत देखि पाण्डवखानी मोटरबाटो स्तरोन्नतीका लागी ४० लाख, वाड नम्बर ८ काडेबासमा वाड कार्यालय निर्माणका लागी ५५ लाख, वाड नम्बर ९ को कार्यालयका लागी जग्गा ब्यवस्थापनका लागी ३५ लाख, वाड नम्बर १० को रमुवा देखि पाण्डवखानी सडक स्तरबृद्धिका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ११ मा मल्म देखि वाड कार्यालय जाने मोटरबाटो कालोपत्रेका लागी ५० लाख, नगरपालिका स्तरिय जडिबुटि अध्ययन, अनुसन्धान, उत्पादन र प्रबद्धन कार्यक्रमका लागी १८ लाख, अल ओयदर रोडका लागी २५ लाख, नगरपालिकाको जग्गा ब्यवस्थापनका लागी १ करोड ५० लाख, एकिकृत नगरबिकास गुरुयोजनामा २० लाख, पियचसिको स्तरोन्नती, नगरट्रर्मा सेन्टर, प्रयोगशाला निर्माणमा १८ लाख, नमुना रुपमा छात्राबास निर्माणमा १९ लाख, गलकोट बहुमुखि क्यापसको स्तरोन्नतीका लागी २० लाख, राष्ट्रिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागी ८ लाख, लक्षित बर्गको कार्यक्रमका लागी १८ लाख ५० हजार, नवजात शिशु, मातृ पोषण तथा रिफरल यातयातका लागी १७ लाख ५० हजार, कृषि तथा पशुबिकास कार्याक्रमहरुका लागी ९१ लाख ५२ हजार शर्सत सहित, त्यस्तै शर्सत सहित बिद्यालय तथा शैक्षिक बिकास कार्याक्रमका लागी १८ करोड ५१ लाख, ९४ हजार, स्वास्थ कार्यक्रमका लागी २ करोड ७५ लाख ५४ हजार बिनियोजन गरिएको छ ।

अन्य वाडगत तथा नगरका बजेटका बिषयमा केहि दिनभित्र पत्रकार सम्मेलन मार्फत जानकारी गराईने प्रमुख प्रसासकिय अधिकृत कृष्णराज गौतमले जानकारी दिनुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाले गत बर्ष स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७४ बाट सामुदायीक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमलाई नगद २० हजार र प्रमाणपत्र सहित सम्मान प्रदान गरेको छ ।

त्यस्तै आर्थिक बर्ष २०७४, ०७५ मा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति तर्फ चामेबगर सिचाई उपभोक्ता समिति गलकोट नगरपालिका २ नरेठाटीलाई ५ हजार र चमुवाखोला कल्भर्ट उपभोक्ता समिति गलकोट नगरपालिका ४ लाई ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले निति तथा कार्यक्रमको बिषयमा जानकारी सहित सहजिकरण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung