प्रभु बैकले बाग्लुङको ताराखोला गाउँपालिका मा नयाँ शाखा सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट क वर्गको ईजाजत पत्र बैङ्क प्रभु बैङ्कले आज देखी १५६ औ शाखाको रुपमा ताराखोला गाँउपालिका बडा नम्बर ३हिल घुस्मेली मा बैंक को साखा स्थापना भएको हो । बैंक को उदघाटन पछि बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती ले बैंक स्थापना पछि यस क्षेत्र का जनता ले बित्तीय कारोबार , रेमिटेन्स सेवा र अन्य बैंकिङ सुबिधा का लागि झेल्नुपरेको समस्या हट्ने बताए । भौतिक पुर्बाधार बिना नै बैङ्क स्थापना हुन गाउपालिकाबासीकोगौरबको बिषय बनेको भन्दै अध्यक्ष घर्ती ले हरेक स्थानिय तहले क बर्गको बैंङ्क मार्फत बिकास तथा योजनाका काम सञ्चालन गर्नुपर्ने ब्यबस्था अनुसार अब ताराखोला गाँउपालिकाको सम्पुर्ण कार्य प्रभु बैङ्क लिमिटेड ताराखोला शाखा मार्फत हुने बताए ।
कार्यक्रम मा ताराखोला गाँउपालिकाका उपाध्यक्ष दिल कुमारी पुन,प्रमुख राजनैतिक सल्लाहकार नरेश केसी। वडा नम्वर १ का अध्यक्ष यम बहादुर श्रीस बागलुङ उद्योग बाणिज्य संघका सदस्य सञ्जय कुमार श्रेष्ठ ईन्जिनियर दिल बहादुर थापा, जन एकता बचत तथा ऋण सहकारी सस्थाका प्रबन्धक अमर प्रसाद निउरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रमको अबसरमा प्रभु बैङ्क लिमिटेडका क्षेत्रीय अधिकृत उत्तम राजभण्डारीले बैङ्कको शाखा स्थापना, समग्र बैङ्कले गदै आइरहेका आर्थिक कारोबारको बारेमा जानकारी गराएका थिए ।
यस शाखा मार्फत सरकारी तथा गैरसरकारी संघ सस्था ,सर्वसाधारण जनता र स्थानीय उद्योगीले प्रभु बैक मार्फत बचत ,कर्जा ,रेमिट्यान्स ,मोबाइल बैंकिङ र ईन्टरनेट बैंकिङ लगायतको विभिन्न सेवा लिन पाउने साखा का इन्चार्ज प्रकाश सुवेदी ले जानकारि दिए ।
कार्यक्रम प्रभु बैङ्क लिमिटेडका क्षेत्रीय अधिकृत राजभण्डारीको अध्यक्षता गल्कोट शाखाका प्रबन्धक चेतनारायण
गौतम को संचालन मा सम्पन्न भएको थियो ।













































































































































































































